काठमाडौं । बजाजले पल्सर एनएस १२५ रसियन बजारमा सार्वजनिक गरेको छ ।
बजाज पल्सर फेमेलीकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ बजाज अटोले सार्वजनिक गरेको हो ।
बजाज अटोले आफ्ना सबै उत्पादनलाई बीएस६ मा सार्वजनिक गर्ने क्रममा रहेको छ । यसैबीच कम्पनीले बजाज पल्सर एनएस १२५ रसियन बजारमा सार्वजनिक गरेको हो । योसँगै रसियन बजारमा बजाज एनएस १२५, बक्सर, पल्सर १८०, एनएस २००, एभेन्जर २२० र बजाज डोमिनार उपलब्ध भएको कम्पनीले आफ्नो आधिकारीक वेभसाइटमा राखेको विज्ञप्तीमा उल्लेख छ ।
बजाज पल्सर एनएस सिरिज लोकप्रिय मोटरसाइकल रहेको छ । भारत नेपाल लगायतका बजारमा एनएस सिरिज निकै सफल मानिन्छ । कम्पनीले यो मोटरसाइकल भारतीय बजारमा समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
बजाज एनएस १२५ मा १२४ सीसी सिगंल सिलिन्डर, एयरकूल्ड, ४ भल्भ इन्जिन रहने छ । यो इन्जिनले ८५०० आरपीएममा १२ बीएच पावर तथा ६००० हजार आरपीएममा ११ एनम टर्क जेनेरेट गर्छ ।
यसको फ्रन्टमा २४० एमएम डिस्क तथा रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । एनएस १२५ मा ५ स्पीडको गियरबक्स रहेको छ ।
दुईबर्ष पहिला नै पोल्यान्डमा सार्वजनिक भएको यो मोटरसाइकल भारतीय बजारमा सार्वजनिक हुने हल्लासमेत चलेको थियो । हालसम्म भारतीय बजारमा यो मोटरसाइकल सार्वजसनिक भने भएको छैन ।


