काठमाडौ । हुन्डाईले आगामी हप्ता आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ जेनेरेशन मोडल सार्वजनिक गर्ने भएसँगै यससँग जोडिएका विभिन्न फिचरहरुको बारेका खुलासा हुन सुरु गरिएको छ ।
नयाँ जेनेरेशन क्रेटाको बडी यति बलियो निर्माण गरिएको छ कि यसको छतमा दुईबटा अफ्रिकन हात्ती बराबरको तौल थेग्ने जानकारी हुन्डाई मोटर्सले दिएको छ ।
क्रेटा निर्माणमा प्रयोग गरिएको हाई स्ट्रेन्थ स्टीलको कारण यसको बडीले करिब १२ टन भर थेग्ने क्षमता रहेको जनाइएको छ । नेशनल जोग्राफीकाअनुसार एउटा अफ्रिकन हात्तीको तौल २.५ टनदेखि ७ टनसम्म हुने गरेको छ । यस आधारमा औषतमा दुई हात्तीको भार यसको बढीले थेग्ने कम्पनीको दाबी हो ।
यस्ता छन् अन्य फिचर
कम्पनीले भारतमा बनाएको नयाँ जेनेरेशन क्रेटाको इन्टेरियर भेरियन्ट अनुसार फरक हुने बताइएको छ । संभवत कम्पनीले नयाँ क्रेटालाई ५ फरक डिजाइनको क्यावीनमा उपलब्ध गराउने छ । साथै, यसमा ५० भन्दा बढी कनेक्ट फिचरसमेत उपलब्ध हुने जनाइएको छ ।

सुरक्षाको लागि नयाँ क्रेटाको स्टायडर्ड भेरियन्टमा डियूल एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर जस्ता फिचर उपलब्ध रहने छ । यसका अलावा कुल्ड सिट, वायरलेस चार्जिङ, सनरुफ, पावर एड्जस्टेवल ड्राइभिङ सिट र फ्ल्याट बटम स्टेरिङको विशेषता पाउन सकिने छ ।
नयाँ जेनेरेशन क्रेटा बीएस ६ इन्जिनमा उपलब्ध रहने छ । यसमा कम्पनीले किया सेल्टोसमा प्रयोग गरेको १.५ लिटर पेट्रोल र डिजेल दुबै इन्जिन दिएको छ भने १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि नयाँ क्रेटा आउने अनुमान गरिएको छ । यसमा किया सेल्टोसको जस्तै समान म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।
पहिलेको तुलनामा नयाँ क्रेटामा निकै बोल्ड एक्टेरियर दिइएको छ । स्प्लीट हेडल्याम्प सेटअपको साथमा क्यास्केडिङ फ्रन्ट ग्रिल, सम्पूर्ण एलइडी लाईट, अगाडी र पछाडि दुबै स्थानमा फ्युक्स स्कीड प्लेटले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।
साइडबाट हेर्दा यसमा प्रयोग भएको ‘स्क्वायर्ड आउट आर्क ह्वील’ले नयाँ क्रेटालाई निकै मस्कुलर देखिएको छ । भने यसमा डियुल टोन अलोय ह्वील, पछाडिको पार्टमा प्रयोग गरिएको स्प्लीट लाइट सेटअपले नयाँ क्रेटा पुरानोको तुलनामा निकै आकर्षक देखिने छ ।


