लिक भयो बजाज डोमिनार २५० को तस्विर

काठमाडौं । बजाज अटोले भारतीय बजारमा यही मार्च महिनामा २५० सीसी क्षमताको डोमिनार सार्वजनिक गर्ने यसअघि नै बताएको भएपनि उक्त प्रडक्टको कुनै अफिसियल तस्विर बाहिर आएको थिएन । तर, आज नयाँ डोमिनार २५० तस्विर बाहिर आएको छ ।

कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, एबीएस जस्ता फिचर समेत उपलब्ध रहने छन् ।


Back_to_top