सुजुकीको ६० किलोमिटर माइलेज दिने १२५ सीसीको स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । सुजुकी मोटरसाइकल इन्डियाले कम्बाइन्ड ब्रेकिङ सिस्टमसहित १२५ सीसी इन्जिन क्षमताको एक्सेस स्कुटर सार्वजनिक गरेको छ । 

साथै कम्पनीले एक्सेसको स्पेशल एडिशनसमेत सार्वजनिक गरेको हो । 

सुजुकी एक्सेस १२५ मा स्पेशल एडिशनमा मेटालिक सोनिक बेज कलरमा निर्माण गरिएको छ भने, यसमा  लेदर सिट दिइएकोे छ । यसको अलवा प्रिमियम लुक्समा निर्माण गरेको एक्सेस १२५ सीसी सेग्मेन्टको पपुलर स्कुटर हुने कम्पनीले दाबी गरेको छ । 

मूल्य

सिबिएस भर्सनमा निर्माण भएको यो स्कुटरको मुल्य भारतीय बजारमा ५८ हजार ९ सय ८० भारु रहेको  छ । एक्सेस स्पेशल एडिशनको मुल्य भने ६० हजार ५ सय ८० भारु तोकिएको छ । 

इन्जिन

१२५ इन्जिन सेग्मेन्टमा सुजुकी एक्सेस फिचर्स, लुक्स, माइलेज तथा पावरफुल परफर्मेन्सको लागि चर्चित छ । यसले ८.७ पिएस पावरका साथै १०.२ एनएम टर्क उत्पादन गर्छ । कम्पनीले एक्सेस १२५ ले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने दाबी गरेको छ । 

नेपाली बजारमा सुजुकी मोटरसाईकलको बिक्रेता भिजी अटोमोवाइलले गरिरहेको छ । 


Back_to_top