काठमाडौं । अहिले नेपाल र भारत पूर्णत लकडाउन गरिएको छ । यस्तोमा भारतमा उत्पादन गरिने कुनैपनि गाडीको प्लान्ट चलेको छैन । तर, कम्पनीहरु कोरोनाको असर कम हुनासाथ नयाँ उत्पादन बजारमा ल्याउने तयारी गर्दै बसेका छन् ।
केही दिनअघि भारतीय बजारमा नयाँ २०२० मोडल डिजायर सार्वजनिक गरेको मारुती सुजुकीले कोरोना असर कम हुनासाथ २०२० मोडल स्वीफ्ट ल्याउने जनाएको छ ।
कम्पनीले नयाँ जेनेरेशन स्वीफ्ट २०१८ मा बजारमा ल्याएकाले २०२० मोडल स्वीफ्टको फेसलिफ्ट मात्र हुने छ । फेसलिफ्ट मोडल भएकाले कम्पनीले यसको अगाडीको लुक्समा विशेष परिमार्जन गर्ने अनुमान गरिएको छ । यसमा अगाडीको नयाँ बम्पर, नयाँ फगल्याम्प हाउजिङ र नयाँ ग्रिल दिने छ । साथै, यसमा रहेको अलोय ह्वील र पछाडीको बम्परपनि नयाँ रहने अनुमान गरिएको छ ।
कारलाई निकै आरामदायी बनाउन क्रुज कन्ट्रोलको फिचर यसमा उपलब्ध रहने छ । यसअघि स्वीफ्टमा क्रुज कन्ट्रोल उपलब्ध थिएन । साथै, यसको इन्ट्रुमेन्ट कन्सोलमा ४.२ इन्चको टिएफटी डिस्प्ले दिने अनुमान गरिएको छ । ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ‘अटोमेटिक फोल्डिङ ओआरभीएमएस’ जस्ता फिचर यसमा थप हुने छन् ।
पहिलेको तुलनामा फेसलिफ्ट स्वीफ्ट ज्यादा सुरक्षीत हुने बताइएको छ । यसको स्टायडर्ड भेरियन्टमा २ वटा एयरव्याग, एबीएस, इबीडी, आइएसओ फिक्स चाइल्ड सिट दिइने छ । साथै स्वीफ्टको अटोमेटिक भेरियन्टमा इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल र हिल होल्ड एसिस्ट जस्ता फिचर उपलब्ध हुने छन् ।
पहिलेको तुलनामा फेसलिफ्ट स्वीफ्टमा दिइने इन्जिन पावरफुल हुने छ । साथै यसको माइलेजपनि धेरै हुने जनाइएको छ । यसमा १.२ लिटर ड्यूलजेट पेट्रोल इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनले ९० पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ । अब स्वीफ्ट डिजेल इन्जिनमा भने आउने छैन ।


