काठमाडौं । पारामाउन्ट मोटर्सले प्रसिद्ध जापानी मोटर्स माज्दाको नेपालका लागि आधिकारी वितरकको अनुमति पाएको छ । पारामाउन्टस् केही समय अघि माज्दाबाट आधिकारीक विक्रेतामा नियुक्त भएको हो ।
पारामाउन्टस् मोटर्सले हाल विश्वभर फैलिएको महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैलाई घरमै बस्न आग्रह समेत गरेको छ ।
कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन सबैले घरभित्रै बसेर अनुशासित भई पालना गरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न मोटर्सले सबै नागरिकलाई आग्रह गरेको छ । साथै सबैलाई भीडभाडमा नजान, मास्क र सेनिटाइजरको प्रयोग गर्न, साबुन पानीले हात धुन सुझाव दिएको छ ।
मोटर्सले लकडाउनको समयमा ग्राहकलाई कुनै समस्या परे डिलरमा सम्पर्क गरी सेवा लिन सक्ने बताएको छ ।
मोटर्सले ग्राहकले ९८०११५५०९२ मा सम्पर्क गरी गाडी सर्भिस गराउन सक्ने जनाएको छ ।


