काठमाडौं । हिरो मोटोकर्पले भारतमा मोटरसाइकल एम्बुलेन्स निर्माण गरेर कोरोना पिडितलाई अस्पताल ल्याउने काम सुरु गरेको छ । कम्पनीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संकटसँग जुध्न यस्तो एक्बुलेन्स निर्माण गरेको जनाएको हो ।
कम्पनीले सुरुवातमा यसको ६० यूनिट निर्माण गरेको र भारतका विभिन्न प्रदेशमा वितरण गरिएको जनाएको छ । हिरोले आज विज्ञप्ती जारी गर्दै यस्ता एम्बुलेन्सको प्रयोगले ग्रामिण भूभागमा रहेका नागरिकलाई सेवा दिन निकै उपयोगि हुने जनाएको छ ।
कम्पनीले आफ्नो १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइकललाई एम्बुलेन्सको रुपमा निर्माण गरेको जनाएको हो । यसले भविष्यमा ग्रामिण भेगमा यस्ता सवारीको प्रयोग हुन सक्ने सम्भावनालाई पनि देखाएको छ ।


