हिरोले दियो लकडाउनमा मोटरसाइकल सुरक्षीत राख्ने टिप्स, गर्नुस् यी ७ काम

कोभिड १९ भाइरसका कारण विश्व नै लकडाउनमा रहेको छ । भारत तथा नेपालमा पनि लकडाउन सुरु भएको महिना दिन बितिसकेको छ । यसरी लामो समयसम्म लकडाउन भइरहँदा सवारी साधनमा बन्द गरेर राख्नु पर्ने अबस्था रहेको छ ।

लामो समयसम्म सञ्चालन नगर्दा सवारी साधनमा समस्या आउने हुन सक्छ । यस्तोमा लकडाउनको समयमा आफ्नो मोटरसाइकलको सुरक्षा कसरी गर्ने भनेर हिरो मोटोकर्पले दिएको टिप्स यसप्रकार रहेका छन् ।

१. मोटरसाइकल डबल स्यान्डमा राख्ने

लामो समयसम्म मोटरसाइकल पार्क गरेर राख्नु पर्ने हुँदा सधै सेन्टर स्यान्ड मा राख्नु पर्छ । यसो गर्दा मोटरसाइकलको प्रेसर दुबै स्यान्डमा पर्छ । साधै मोटरसाइल लड्ने सम्भावना पनि हुँदैन् ।

२. हप्तामा कम्तीमा एक पटक स्टार्ट गर्ने

यसरी पार्किङ गरेर राखिएको मोटरसाइकललाई सम्भव भएसम्म हरेक दिन बिहान ५ मिनेट स्र्टाट गर्नु पर्छ । अथवा हरेक हप्ता कम्तीमा एक पटक स्टार्ट गर्ने गर्नु पर्छ । यसो गर्दा मोटरसाइकलको ब्याट्रीमा समस्या आउँदै र इन्जिनमा समेत लुव्रिकेन्ट राम्रोसँग पास हुन्छ ।

३. लुब्रिकेन्ट गर्ने

पार्किङमा राख्दा मोटरसाइकलको बिभिन्न पार्टसमा लगाइएको लुब्रिकेन्ट सुक्ने गर्छ । चेन, क्लच, सस्पेन्सन, ब्रेक लिभर, स्यान्ड जस्ता पार्टमा ल्युव गर्ने गर्नु पर्छ ।

४. पाकिङ्ग पोजिसन बदल्ने

यसरी पाकिङ गरि राखेको मोटरसाइकललाई हप्तामा एक पटक पोजिशन बदल्नु पर्छ । यसरी पोजिशन चेन्ज गर्दा अगाडीको भागलाई पछाडि र पछाडिको भागलाई अगाडि बनाउनु पर्छ । यसो गर्दा मोटरसाइकमा व्यालेन्स कायम रहन्छ ।

५. फ्यूल व्यालेन्स गर्ने

यसरी लामो समयसम्म पार्किङ गर्दा मोटरसाइकलमा फ्यूल ट्याक भरि राख्नु पर्छ । यसले इन्जिनलाई सुख्खा हुनबाट बचाउने गर्छ । साथै यसो गर्दा इन्धन ट्याङकीमा खियालाग्ने जस्ता समस्या देखा पर्दैनन् ।

६. कभर गर्ने

पाकिङ गरेर राखेको मोटरसाइकलमा धुलोजम्मा हुने, चराले फाहोर गर्ने तथा कोरिने सम्भावना हुन्छ । यसकाराण मोटरसाइकललाई पुर्ण रुपमा कभर गरेर राख्न पर्ने हुन्छ ।

७. ब्रेकमा ध्यान दिने

लामो समयसम्म प्रयोग नगर्दा मोटरसाइकलको ब्रेक धेरै लुज हुने वा धेरै जाम हुने सम्भावना रहन्छ । यसकारण ब्रेकलाई बेला–बेला प्रयोग गर्ने तथा आवश्यकता अनुसार लुज वा टाइट गर्ने गर्नु पर्छ ।


Back_to_top