यस्तो हुने छ होन्डाको नयाँ सब-फोर मिटर एसयूभी

काठमाडौं । होन्डाले भारतीय प्लान्टमा सव-फोर मिटर एसयूभी उत्पादन गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले सन् २०२१ मा बजारमा ल्याउनेगरि नयाँ एसयूभीमा काम गरिरहेको हो ।

सव-फोर मिटर सेग्मेन्टमा अहिले मारुती सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, फार्ड जस्ता कम्पनीले आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् । किया, डाट्सन, निसान र रेनोले चाँडै यही सेग्मेन्टमा नयाँ मोडल ल्याउने जनाएका छन् ।

अहिले होन्डाले सव-फोर मिटर सेग्मेन्टमा क्रसओभर डब्ल्यूआर-भी बिक्री गर्दै आएको छ । अब भने कम्पनीले पूर्ण सब फोर मिटर एसयूभी बजारमा ल्याउने भएको हो । कम्पनीले यसलाई होन्डा अमेजको प्ल्याटफर्ममा तयार गर्ने छ ।

होन्डाको नयाँ मोडलमा सबै किसिमका लाइट एलइडी प्रयोग हुने अनुमान गरिएको छ । यसमा केही फिचरहरु नयाँ जेनेरेशन ज्याजबाट दिइने छ । कम्पनीले यसमा १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिने दाबी गरिएको छ ।

होन्डाको नयाँ सव-फोर मिटर एसयूभीमा इलेक्ट्रीक सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस स्मार्टफोन चार्जर, ठूलो साइजको इनफोटेन्टमेन्ट सिस्टम जस्ता फिचर उपलब्ध रहने अनुमान गरिएको छ ।


Back_to_top