चार ब्राण्डका ४ नयाँ मोटरसाइकल नेपाल आउने

काठमाडौं । अटोमोवाइल क्षेत्रमा कोरोनाको कारण कहिल्यै नभएको इतिहास अहिले निर्माण भएको छ । नेपालमा मोटरसाइकलको बिक्री सुरु भएपछि बिगत ३८ दिनदेखि एउटा पनि मोटरसाइकल बिक्री भएको छैन । यस्तोमा लकडाउन सकिएपछि अटोमोवाइलको बिक्री कस्तो हुन्छ भन्ने आँकलन सुरु भएको छ ।

अटोमोवाइल मानिसको आवतजावतको लागि निकै महत्वपूर्ण साधन भएकाले यसको बिक्री निकट भविष्यमा अझै विस्तार हुने कुरामा दुईमत हुन सक्दैन । यस्तोमा नेपालमा सवारीसाधन बिक्री गर्दै आएका बजाज, यामाहा, हिरो र रोयल इन्फिल्डले नयाँ मोटरसाइकल बजारमा ल्याउने छन् ।

डाेमिनार २५०

यसरी बजारमा आउने मध्ये सर्वाधिक चर्चामा रहेको हिरो एक्स्ट्रीम १६० आर, बजाज डोमिनार २५०, यामाहा एफजेडएस २५ र रोयल इन्फिल्ड मेटोर ३५० हुन् ।

यी सबै मोडल कम्पनीहरुको नयाँ मोडल हुन् । भारतमा बजाजाले डोमिनार २५० को बिक्री नै सुरु गरिसकेको छ । त्यो बाहेक अन्य कम्पनीहरुले आफ्ना मोडल आधिकारीक वेभसाइटमा समावेस गरेको भएपनि लकडाउनको कारण बिक्री सुरु गर्न पाएका छैनन् ।

हिराे एक्स्ट्रीम १६०

यस्तोमा यी चारवटै मोडल मध्ये बजाज डोमिनार २५० पहिला नेपाल आउने सम्भावन भएको मोटरसाइकल हो ।

हिरोले एक्स्ट्रीम १६० आरमा १६० सीसी क्षमताको इन्जिन दिइएको छ भने सिंगल च्यानल एबीएस सहित बजारमा आउने छ ।

त्यस्तै बजाज डोमिनार २५० र यामाहा एफजेडएस २५ मा २५० सीसी क्षमताको इन्जिन रहेको छ । यी दुबै मोटरसाइकलमा डबल च्यानल एबीएस रहेको छ ।

मेटोर ३५०

साथै, मेटोर ३५० रोयल इन्फिल्डले आफ्नो नयाँ इन्जिनमा ल्याउन लागेको मोटरसाइकल हो । थन्डरवर्ड ३५० को प्याटफर्ममा निर्माण भएको यो मोटरसाइकल कम मूल्यको कारण चर्चामा रहेको मोडल हो ।

यी सबै मोडल सेप्टेम्बरमा आयोजना हुने नाडा अटो शो २०२० सम्ममा नेपाल आउने छन् ।


Back_to_top