काठमाडौं । सरकारले आज ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले इलेक्ट्रीक सवारीसाधन चार्जिङ स्टेशन लगाउन चाहने व्यवसायीको लागि केही सहुलियत दिने घोषणा गरेको छ ।
सरकारले केही दिन अघि ल्याएको नीति तथा कार्यक्रमलाई टेवा पुर्याउन इलेक्ट्रीक सवारीसाधन चार्जिङ स्टेशन संचालनमा केही सहुलियत र रातिको बिजुलीको मूल्यमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।


