आज उपत्यकामा एक हजार ३ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौं । लकडाउनको समयमा विना पास निस्कीएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रमा लिएको छ ।

उपत्यकामा आज सबैभन्दा धेरै १६१ वटा जिप, कार भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि लकडाउनको समयमा यति धेरै संख्यामा चार पाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिइएको थिएन ।

आज दिउसो ३ बजेसम्ममा १ हजार ३१४ वटा सवारीसाधन नियन्त्रमा लिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसमा १ हजार १५३ वटा दुई पाङ्ग्रे सवारीसाधन रहेका छन् ।

सरकारले आधिकारीक रुपमा लकडाउन खुकुला बनाउने निर्णय नगरेको भएपनि सवारीसाधनको संख्या एक्कासी सडकमा बढेकाले यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिइएको महानगरिय ट्राफिक कार्यालयले जनाएको छ ।

आज बिहान सडकमा भाडा ट्याक्सीहरु समेत संचालनमा आएका थिए ।


Back_to_top