काठमाडौं । बजाज मोटरसाइकलले आफ्नो सबैभन्दा कम सीसीको पल्सर १२५ मा स्प्लिट सिट दिएको छ । यो सीटसँगै पल्सर १२५ निकै प्रिमियम बनेको छ भने भारतीय प्रदुषण मापदण्ड (बीएस-६) अनुसारको इन्जिनमा पनि आएको छ ।
भारतमा बीएस-४ मापदण्डको तुलनामा नयाँ मोटरसाइकल ९ हजार रुपैयाँ महंगो रहेको छ । अहिले नेपाली बजारमा पल्सर १२५ को मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।
यदि बीएस ६ पल्सर १२५ नेपाली बजारमा आउने हो भने यसको मूल्य २५० हजार हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।
यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ ।
यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।


