काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर्ड ब्रोदर एन्ड सन्स प्रालिले कोभिड-१९ को विश्वव्यापी महामारीपछि ग्राहकलाई केही सहुलियत प्रदान गर्न नगद छुटको साथै केही अत्यावश्यक सामान दिने घोषणा गरेको छ ।
कम्पनीले भेष्पा र अप्रिलियामा नगद ५ हजार रुपैयाँ छुट दिने जनाएको छ । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङ जस्ता मर्चेन्टडाइज उपलब्ध गराउने जनाएको छ ।

यसको अलावा दुई वर्षको सडक दस्तुर पनि कम्पनीले नै तिरिदिने अफर गरेको छ । कम्पनीका यी मोडल ग्राहकले घरमै बसेर अनलाइन बुकिङ गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कम्पनीले ल्याएको याे अफरमा सजिलै फाइनान्स तथा एक्सचेन्जकाे समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
‘ग्राहकले चाहेको खण्डमा घरमा नै डेलिभरी गर्न सकिनेगरि हामीले याे अफर तयारी गरेका छौं । अहिलेको अवस्थामा कम्पनीले गरेको अफरले स्कुटर किन्न चाहने ग्राहकलाई निकै सहज हुन्छ’, अप्रिलियाको मार्केटिङ्ग म्यानेजर करुणा पुडासैनी भनिन् ।

