पेट्रोल लिटरमा ५ रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज मंगलबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोलमा ५ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

निगमले यसअघि नै भारतीय आयल निगमले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा ५ रुपैयाँ मूल्य बढेको जनाएको थियो ।

साथै, निगमले डिजेल तथा मट्टितेलको मूल्यमा समान २–२ रुपैयाँले वृद्धि गरेको छ । अब नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ ।


Back_to_top