२१ हजार तिरेर किन्न सकिन्छ टीभीएस अपाचे RTR-160 4V

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले ल्याएको योजनामा आरटीआर १६० ४ भी किन्न चाहनेले २१ हजार रुपैयाँ सुरुवातमा तिरेर मोटरसाइकल किन्न सक्ने छन् ।

कम्पनी ल्याएको विभिन्न स्कीम मध्ये सून्य डाउन पेमेन्टमा मोटरसाइकल किन्ने ग्राहकले बीमा, सर्भिस चार्ज र नामसारी शुल्कगरि २१ हजार रुपैयाँ सुरुमा तिरेर आरटीआर फोर भी खरिद गर्न सक्ने छन् ।

टीभीएस आरटीआर १६० ४ भीको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ ।

शून्य प्रतिशत डाउन पेमेन्ट

कम्पनीले ल्याएको शून्य प्रतिशत डाउन पेमेन्ट स्कीममा मोटरसाइकल खरिद गर्दा ग्राहकले दुई वर्षको बीमा शुल्क १४ हजार, कर्जा वापतको सर्भिस चार्ज ५ हजार ५ सय र नामसारी वापतको लाग्ने १ हजार ५ सयगरि जम्मा २१ हजार रुपैयाँ तिरेरपछि मोटरसाइकल किन्न सक्नेछन् ।

शून्य प्रतिशत व्याजदर

शुन्य प्रतिशत व्याजदरमा आरटीआर १६० ४ भी खरिद गर्दा ४०÷५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । ४० प्रतिशत डाउन पमेन्ट गर्दा ग्राहकले १ बर्षमा बाँकी रकम चुक्ता गर्नु पर्छ भने ५० प्रतिशत डाउन पेमेन्ट गर्दा १८ महिना भित्र बाँकी रकम चुक्ता गर्नु पर्छ ।

यसमा कुनै पनि व्याज लाग्दैन भने एक वर्षको इन्स्योरेन्स वापत ७ हजार २८० रुपैयाँ, नामसारी वापत १ हजार ५०० रुपैयाँ र सर्भिस चार्ज ५ हजार ५०० रुपैयाँ लाग्नेछ ।

नगद छुट

यो योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा नगद १२ हजार रुपैयाँ छुट प्रदान गर्नेछ । यो स्कीम टीभीएसका सबै मोटरसाइकलमा लागु हुनेछ ।

यसका अलावा कम्पनीले मासिक किस्ता ९९ रुपैयाँमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । यसमा ४० प्रतिशतदेखि ७० प्रतिशतसम्म डाउन पेमेन्ट गरेर मोटसाइकल किन्न सकिने छ । यसमा ग्राहकले केही महिना ९९ रुपैयाँ मासिक किस्ता तिर्ने सुबिधा प्राप्त गर्नेछन् । यसमा १६ देखि १७.५ प्रतिशत व्याज लाग्नेछ । यस योजनमा मोटरसाइकल किन्दा सर्भिस चार्ज, बीमा शुल्क, नामसारी खर्चसमेत अग्रिम बुझाउनु पर्नेछ ।

यस्तो छ मोटरसाइकल

अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।

पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी पावर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

यो बाइक विशेषगरी युवा वर्गको रोजाईमा परेको पाइन्छ । यसको आकर्षक डिजाइन अर्को मुख्य विशेषता हो । यस बाइकमा ट्वीन डिस्क ब्रेक र फ्ल्याट टायरमा रहेकाेले बाइक राइडरलाई निकै सहज रहेको छ ।


Back_to_top