काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी हिरो, रोयल इन्फिल्ड र यामाहाको नयाँ मोटरसाइकल बजारमा आउने भएको छ ।
हिरोले आफ्नो बहुप्रतिक्षीत मोटरसाइकल एक्स्ट्रीम १६० आर आज सार्वजनिक गरेको छ भने रोयल इन्फिल्ड मेटोर ३५० पनि अबको केही दिनमा बजारमा आउने जनाइएको छ । साथै, यामाहाले २५० सीसी सेग्मेन्टमा एफजेडएस २५ सार्वजनिक गर्ने छ ।

रोयल इन्फिल्ड मेटोर ३५० मा ३५० सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.३ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्छ । यसको भारतीय बजारमा मूल्य १ लाख ७५ हजार भारु कायम हुने अनुमान गरिएको छ ।

हिरो मोटोकर्पको सर्वाधिक प्रतिक्षा गरिएको एक्स्ट्रीम १६० आरमा १६० सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले १५ हर्स पावर र १४ एनएम टर्क प्रदान गर्ने छ ।
लकडाउनको कारण करिब ३ महिना ढिलोगरि बजारमा आएको यो मोटरसाइकलको मूल्य ९९ हजार भारु तोकिएको छ । यो मोटरसाइकल अबको केही महिना भित्र नेपाली बजारमा आउने छ ।

यामाहाको नयाँ मोटरसाइकल एफजेडएस २५ मा २४९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.५ हर्स पावर र २०.१ एनएम टर्क प्रदान गर्छ ।

