पहिलो तीन महिनामै ४ हजार करोड घाटामा गएपछि स्याङयोङको सेयर बेच्दै महिन्द्रा

काठमाडौं । आर्थिक वर्ष २०२०/२१ को पहिलो क्वाटरमा नै ४ हजार करोडभन्दा बढीले घाटामा गएपछि महिन्द्रा एण्ड महिन्द्राले थप लगानी नगर्ने भएको छ । साथै, नयाँ लगानीकर्ता खोज्न उसले गरेको आग्रह गरेको हो ।

महिन्द्राको आग्रहपछि कोरियन कार निर्माता कम्पनीले लगानीकर्ता खोज्न सुरु गरेको छ ।

स्याङयोङमा महिन्द्राको ७४.६ प्रतिशत स्वामित्व रहेको छ । अब कम्पनीले आह्वान गरेअनुसार विभिन्न कम्पनीहरुले यसमा लगानीको प्रस्ताव गरेको कुराहरु बाहिर आएको छ ।

स्याङयोङमा लगानी गर्न अमेरिकी कम्पनी फोर्ड, चिनीयाँ कम्पनी जीली, बीवाईडी र भीनफास्ट जस्ता कम्पनीहरु अगाडि आएका छन् ।

तर, महिन्द्राले स्याङयोङको सेयर बिक्री गर्नका लागि भने लगानीकर्ता बैंकहरुको अनुमति लिन जरुरी हुनेछ । स्याङयोङमा जेपी मोर्गन, बैक अफ अमेरिका तथा बीएनपी परिवार लगायत बैंकले कर्जा दिएका छन् ।

महिन्द्राको बोर्डले थप लगानी नगरि आफ्नो ठूलो हिस्सा बिक्री गर्ने निर्णय गरिसकेको छ ।


Back_to_top