काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक भिजी सुजुकीले नयाँ अफर ल्याएको छ । कम्पनीले ल्याएको अफरमा एक वर्षको किस्तामा मोटरसाइकल किन्नेले सून्य प्रतिशत व्याजदरमा कर्जा पाउने छन् भने २ वर्षको कर्जामा मोटरसाइकल किन्नेले ७ प्रतिशत हाराहारी व्याजदरमा मोटरसाइकल किन्न पाउने छन् ।
कम्पनीले ल्याएको योजनामा २ वर्षको लागि मोटरसाइकल किन्नेले १४ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ । त्यसमा ५० प्रतिशत व्याज कम्पनीले तिरिदिने छ । यसरी मोटरसाइकल किन्नेले ५० प्रतिशत डाउन पेमेन्ट भने बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।

केही दिनअघि १५ हजार नगद छुटको अफर गरेको थियो । तर, यो योजना पछि ग्राहकले दुई मध्य आफुलाई लागेको उपयूक्त एक अफर छनोट गर्न सक्ने छन् ।
कम्पनीले ल्याएको यो स्कीम साउन १ गतेदेखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुमा लागु हुने जनाएको छ ।
सुजुकीले नेपालमा जिक्सरका बिभिन्न मोडल र स्कुटरमा बर्गम्यान, एक्सेस तथा लेट्स बिक्री वितरण गर्दै आएको छ ।

