भिडियोमा हेर्नुहाेस् नयाँ आरटीआर २०० फोर भी, ५ दिनपछि बिक्री सुरु हुने

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आरटीआर २०० फोर भीको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको टिजरमा मोटरसाइकलको विभिन्न नयाँ फिचरहरुलाई फोकस गरिएको छ ।

कनेक्ट फिचर र एबीएससहित नेपाल आउन लागेको आरटीआर २०० फोर भीमा बिएस ६ मोडलको जस्तै नयाँ एलइडी हेडलाइट प्रयोग गरिएको छ । यसलाई कम्पनीले ५ दिनपछि आधिकारीक रुपमा बिक्री सुरु गर्ने जनाएको छ ।

स्मार्ट फिचरले भरिएको र ब्रेकिङ सिस्टमलाई पहिलेभन्दा उत्कृष्ट बनाउन एबीएस प्रयोग गरिएको यो मोटरसाइकलको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

टीभीएस अपाची २००(फोर भीमा १९७।७५ सीसी सिङ्गल सिलिन्डर ४ भल्भ इन्जिन रहेको छ जसमा ८५०० आरपीएममा २०.५ पीएस पावर तथा ७००० हजार आरपीएममा १८.१ एनएम टर्क जेनेरेट गर्छ ।

यसको अधिकतम् गति १२९ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ० देखि ६० किलोमिटरको गति लिन ३.९५ सेकेन्ड मात्र लिन्छ । यसमा फाइभ स्पीडको गियरबक्स रहेको छ ।


Back_to_top