पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १५ दिन नवित्दै पुन बढाएको छ । निगमले बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य १०५ रुपैयाँ २५ पैसा पुगेको छ। यसअघि पेट्रोलको मूल्य १०४ रुपैयाँ २५ पैसा थियो ।

त्यस्तै डिजेल र मटीतेलको मूल्यपनि १ रुपैयाँ प्रतिलिटरले बढेर ९१ रुपैयाँ पुगेको छ । यसअघि डिजेलको मूल्य ९० रुपैयाँ थियो ।

निगमले गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन।


Back_to_top