पाँच महिनापछि नेपाल आउँदै नयाँ थार, यी ९ फिचरले बनायो उत्कृष्ट

काठमाडौं । महिन्द्राले आफ्नो अफरोड एसयूभी थारको नयाँ जेनेरेशनलाई अगस्ट १५ मा सार्वजनिक गरेसँगै यसमा रहेका विभिन्न फिचरका विषयमा चर्चा भइरहेको छ । यस्तोमा गाडीमा रहेका ९ उत्कृष्ट फिचर के–के हुन् भन्ने विषयमा जानकारी दिन गइरहेका छौं ।

महिन्द्राले थारको बिक्री भने आगामी अक्टोबर २ तारिखबाट सुरु गर्ने जनाइसकेको छ । यस्तोमा नयाँ जेनेरेशन थार नेपाली बजारमा भने सन् २०२१ को जनवरी अन्तिमसम्ममा नेपाल आउने कम्पनी स्रोतले जानकारी दिएको छ । पुरानो जेनेरेश थारको नेपालमा बिक्री वितरण भइरहेकाले नयाँ जेनेरेशन थार पनि चाँडै नै नेपाल आउने अनुमान गरिएको छ ।

यसमा रहेका मुख्य ९ आकर्षण यस प्रकार रहेका छन् ।

१. फोर ह्वील ड्राइभ अप्सनः भारमा उत्पादन हुने ४ मिटरभन्दा छोटो एसयूभीमा फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको एसयूभी थार मात्रै हो । यसमा रहेको फोर ह्वील ड्राइभ सिस्टमलाई टु ह्वील र फोर ह्वीलमा सजिलै परिवर्तन गर्न सकिन्छ ।

यसलाई टु ह्वील ड्राइभ मोडमा चलाउदा इन्धनको खपत निकै कम हुन्छ भने फोर ह्वीलमा चलाउदा २.४८ गुणाले टर्क बढ्छ । यो मोडमा इन्धन खपत बढी हुन्छ भने जस्तो सुकै बटोमा पनि गाडी चढ्न सक्छ ।

२. उत्कृष्ट अफरोड क्षमताः थार कम खर्चमा अफरोड क्षमता उत्कृष्ट भएको एसयूभी हो । यसलाई ४१.८ डिग्रि अप्रोच एङ्गल, ३६.८ डिग्रि डिपार्चर एङ्गल र २७ डिग्रि ब्रेकओभर एङ्गलमा चलाउन सकिन्छ । यसमा २२६ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ । साथै यसलाई ६५० एमएमको पानी जमेको सतहमा चलाउन सकिन्छ ।

नयाँ जेनेरेशन थारमा ३३ प्रतिशत बढी उकालो चढ्न सक्ने क्षमता वृद्धि गरिएको छ ।

३. ठूलो इन्जिनः महिन्द्रा थारमा दिइएको इन्जिन अन्य सब फोर मिटर एसयूभीको तुलनामा निकै ठूलो रहेको छ । यसमा २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन दिइएको छ ।

यसमा रहेको २.० लिटर पेट्रोल इन्जिनले १५० ब्रेक हर्स पावर र ३२० एनएम टर्क प्रदान गर्छ । यसको डिजेल इन्जिनले १३० ब्रेक हर्स पावर र ३२० एनएम टर्क प्रदान गर्ने छ । दुई इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

४. धेरै प्रकारका रुफ टप: नयाँ जेनेरेशन थार विभिन्न तीन फरक डिजाइनमा बजारमा आउने छ । हार्ड टप, सफ्ट टप र कन्भर्टेवल रुफ टप डिजाइनमा आउने थारमा ग्राहकले छनोट गर्न सक्ने छन् ।

यसको हार्ड टप भर्सनमा फिक्स गरिएको छाना पाउन सकिन्छ । सफ्ट टप रुफमा कपडाको छाना बनाइएर कभर गरिएको छ । कन्भर्टेवलमा पनि अगाडि सफ्ट टप छाना रहेको छ भने पछाडि खुल्ला रहने छ ।

५. रुफ माउन्टेड स्पीकरः नयाँ थारको सिलिङमा स्पीकरहरु दिइएको छ । अब थारमा यात्रा गर्ने यात्रुले समेत म्यूजीकको मज्जा लिन सक्ने छन् ।

६. बस्ने सिट आवस्यकता अनुसार बनाउन सकिनेः थारमा यात्रा गर्दा ६ जनासम्मको लागि सहज स्थान बनाउन सकिन्छ । कम्पनीले दिएको ४ सिटमा आरामदायी यात्रा गर्न सकिन्छ भने दुई जनाको लागि पछाडिको भागमा सिट मिलाउन पनि सकिन्छ ।

७. एडभेञ्चर तथ्यांक देखाउने डिस्प्लेः थारले सेग्मेन्टकै उत्कृष्ट फिचरको रुपमा ‘एडभेञ्चर स्टाटेटिक्स डिस्प्ले’ दिएको छ । यसले पछाडिको गाडीको स्पीड, रोल र पिच एङ्गल, पावर, टर्क, फोर वाई फोर सिस्टम पावर फ्लो जस्ता सूचना प्रदान गर्ने छ ।

एडभेञ्चर यात्रा मन पराउनेहरुले यसमा ‘एडभेञ्चर कनेक्ट फिचर’ समेत चलाउन सक्ने छन् । यसले महिन्द्र एडभेञ्चर टिमसँग जोड्ने छ । जसले महिन्द्रा टिमको नयाँ कार्यक्रममा जोडिन सहयोग पुग्ने छ ।

८. धुलो र पानी प्रुफ इन्टेरियरः महिन्द्राले थारको नयाँ जेनेरेशन धुलो र पानीले नबिगार्ने इनटेरियर दिएको छ । गाडीमा उपब्ध स्वीचहरु, स्टेरिङ माउन्ट कन्ट्रोल, इन्फोटेन्टमेन्ट सिस्टम, पावर विन्डो जस्ता फिचर अफरोडमा जाँदा धुलो र पानीको कारण खराव हुने गथ्र्यो । यसलाई रोक्न कम्पनीले यी फिचरहरु धुलो र पानी पस्न नसक्ने बनाएको हो ।

९. सजिलै धुन सकिने फ्लोरः सबै किसिमको बाटो र विशेषगरि कच्ची बाटोमा एडभेञ्चर ड्राइभ गर्न रुचाउनेहरुको रोजाईमा रहेको यो एसयूभीको फ्लोरमा लाग्ने धुलो हिलो जस्ता फोहोरहरुलाई सजिलै पखाल्न सकिन्छ ।


Back_to_top