टाटा नेक्सन ‘डीसीटी गियरबक्स’को साथ भोलि सार्वजनिक हुँदै

काठमाडौं । टाटा नेक्सन डीसीटी (ड्यूल क्लच ट्रान्समिशन)को साथ भोलिबाट बजारमा आउने भएको छ । टाटा मोटर्सले भारतीय बजारमा सेप्टम्बर २ मा नयाँ अटोमेटिक गियरबक्सको साथ नेक्सनलाई उतार्ने भएको हो ।

नेपालमा पनि टाटाको सर्वाधिक बिक्री हुने मध्येको एक सब फोर मिटर एसयूभी नेक्सन डीटीसी गिएरबक्सको साथ बजारमा आउने अनुमान गर्न सकिन्छ ।

टाटाले हिजाे एक टिजर सार्वजनिक गर्दै लेखेको छ ‘तपाईको नजिक अर्को तहको एक्स्पेरियन्स गर्ने समय आएको छ ।’

यसबाट के प्रस्ट हुन्छ भने नेक्सनको नयाँ भेरियन्ट बजारमा आउने पक्का भएको छ । यसअघि कम्पनीले नेक्सनमा ६ स्पीड म्यानुयल र ६ स्पीड एएमटी गियरबक्स दिदै आएको थियो ।

अब कम्पनीले यसमा डीसीटी गियरबक्स दिन लागेको हो । डीसीटी गियरबक्सलाई एएमटीको तुलनामा सार्प, सहज र छिटो गियरबक्सको रुपमा लिइन्छ ।

कम्पनीले नेक्सनको यो भेरियन्ट टप भेरियन्टको रुपमा बजारमा आउने छ । १.२ लिटर रिभोटर्न टर्बो इन्जिनमा यो गियरबक्सको प्रयोग हुने छ । उक्त इन्जिनले अधिकतम १२० पीएस पावर र १७० एनएम टर्क प्रदान गर्ने छ ।

अहिले टाटाले यसको विषयमा धेरै कुरा बाहिर नल्याएपनि केही इन्टेरियर फिचरमा समेत यस भेरियन्टमा परिवर्तन हुने अनुमान गरिएको छ ।


Back_to_top