काठमाडौं । सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम १६० को प्याटेन्ट तस्विर बाहिर आएको हो ।
सिग्नेचर डिजाइनमा देखिएको यासमा एङ्गुलर अप्रोच हेडल्याम्प दिइएको छ । निकै सार्प बडी डिजाइनमा आउन लागेको यो मोटरसाइकलमा सिंगल पिस सिट, सिंगल पिस ग्राभरेल, सर्ट फेन्डर तस्विरमा देख्न सकिन्छ ।
टल ह्यान्डलवार सेटअप, विन्डव्लाष्ट प्रोटेक्टर, एग्जस्ट मफलर, आकर्षक फ्यूल ट्याङ्क, अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक हुने छ । टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, एलइडी टेल लाइट, एबीएस, एलइडी टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध हुने छन् ।
यसमा रहने १६२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिनले अधिकतम १५ बीएचपी पावर र १४ एनएम टर्क प्रदान गर्ने छ ।

