नयाँ जेनेरेशन क्रेटा भोलि सार्वजनिक हुँदै, ५ भेरियन्टमा उपलब्ध हुने

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले भोलिबाट नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नयाँ क्रेटालाई ५ भेरियन्टमा नेपाली बजारमा बिक्री सुरु गर्ने तयारी गरिरहेको छ ।

मूल्यको विषयमा कुनै जानकारी नदिएको कम्पनीले नयाँ क्रेटालाई पेट्रोल इन्जिनमा ३ भेरियन्ट र डिजेल इन्जिनमा दुई भेरियन्टमा सार्वजनिक गर्ने भएको छ । पेट्रोल इन्जिन युक्त क्रेटाको इएक्स, एस र एसएक्स भेरियन्ट नेपाल आएको छ भने डिजेल इन्जिनमा इ र इएक्स भेरियन्ट आएको कम्पनीले जानकारी दिएको छ ।

भोलि एक कार्यक्रमगरि कम्पनीले नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु गर्ने छ भने भोलिबाट नै शोरुमबाट ग्राहकले बुकिङ गर्ने, टेष्ट ड्राइभ गर्ने र खरिद गर्न सक्ने छन् । भारतमा लकडाउन अघि सार्वजनिक भएको क्रेटाले निकै राम्रो व्यापार गरिरहेको छ । यस्तोमा नयाँ जेनेरेशन क्रेटाले निकै राम्रो व्यापार गर्ने आयातकर्ता कम्पनीले विश्वास लिएको छ ।

नेपाल आउने क्रेटामा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिन रहेको छ । यसमा रहेको पेट्रोल र डिजेल इन्जिनले समान ११३.४ बीएच पावर प्रदान गर्ने छ ।


Back_to_top