दुई लाख ९० हजार मूल्य भएका २ मोटरसाइकल, दशैं स्कीममा किन्दा कुनमा बढी छुट

काठमाडौं । १५० सीसी सेग्मेन्टका दुई मोटरसाइकलको मूल्य समान रहेको छ । यी दुबै मोटरसाइकलको पावर, डिजाइन तथा फिचर र मूल्य समेत समान रहेको छ ।

यहाँ हामीले चर्चा गर्न लागेका दुई मोटरसाइकलमा टीभीएस आरटीआर १६० फोर भी र बजाज पल्सर एनएस १६० को हो । यी दुई मोटरसाइकलको मूल्य समान २ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

बढी पावर र आकर्षक लुक्सको कारण १६० सीसी सेग्मेन्टका मोटरसाइकल अहिलेपनि धेरै बिक्री हुने गर्छन् ।

नेपाली बजारमा होन्डा, टीभीएस, बजाज जस्ता उत्पादकले १६० सीसी क्षमताका मोटरसाइकल बिक्री वितरण गर्दै आएका छन् भने हिरोले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजाज पल्सर एनएस १६० मा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । यसले अधिकतम ८५०० आरपीएममा १५.५ पीएस पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।

एनएस १६० मा १७ इन्चको अलोय ह्वील उपलब्ध रहेको छ । यसको स्टायडर्ड मोडल ट्वीन डिस्क र एबीएस सहितको मूल्य समान २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तै अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।

अपाचे आरटीआर १६० फोर भीको ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ । नेपालमा यसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँमा बिक्री गरिरहेको छ ।

बजाज पल्सर एनएस १६० को तुलनामा टीभीएस आरटीआर १६० फोरभीको पावर केहि धेरै रहेको छ । यी दुबै मोटरासइकलमा डबल डिस्क ब्रेक दिइएको छ भने एनएस १६० मा एबीएस सुबिधा दिइएको छ । यी मोटरसाइकलमो माइलेज समेत समान ३५ किलोमिटर रहेको कम्पनीको दावी रहेको छ ।

दशै स्कीममा बजाजले नगद १० हजार रुपैयाँ छुट दिने योजना ल्याएको छ भने टीभीएसले ९ हजार छुट दिने योजना अघि सारेको छ ।

त्यसैगरि बजाजले शून्य प्रतिशत व्याज तथा २० प्रतिशत डाउनपेमेन्ट स्कीम अघि सार्दा टीभीएसले शून्य प्रतिशत व्याजमा मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको छ ।


Back_to_top