काठमाडौं । किया सेल्टोसमा उपलब्ध ५ फिचरलाई कम्पनीले सोनेट एसयूभीमा पनि दिएको छ । यदि तपाईले इन्ट्री लेभल भेरियन्टको सोनेटमा किया सेल्टोसको अफर खोज्नु भयो भने पाउनु हुन्न । तर, सेल्टोसको टप भेरियन्टमा भने सेल्टोसको मुख्य ५ फिचर पाउनु हुने छ ।
कियाले करिब १० महिनाअघि नेपाल ल्याएको सेल्टोसले ठिकै व्यापार गरिरहेको छ । यस्तोमा आयातकर्ता कम्पनी कन्टिनेन्टल्स ट्रेडिङले सोनेटको बुकिङ खुल्ला गरेको छ । कम्पनीले इन्ट्री लेभल पेट्रोल र अन्य ३ डिजेल भेरियन्टको बुकिङ खुल्ला गरेको छ ।
डिजेल इन्जिनयुक्त सेल्टोस जिटी लाइनको मूल्य ५७ लाख ९० हजार तोकेर कम्पनीले बुकिङ सुरु गरेको छ । यस्तोमा उक्त जिटी लाइन भेरियन्टमा सेल्टोसबाट लिइएको मुख्य ५ फिचर हामीले यहाँ प्रस्तुत गरेका छौं ।
१. बोसको साउन्ड सिस्टम
किया सेल्टोस जिटी लाइन भेरियन्टमा बोसको साउन्ड सिस्टम दिइएको छ । यसमा मुनलाइट सहितको साउन्ड सिस्टम रहेको छ । यसमा रहेको साउन्ड सिस्टमलाई एम्बीएन्ट लाइट र इन्फोटेन्टमेन्ट सिस्टमसँग कनेक्ट गरेर चलाउन सकिन्छ ।
यसले कारको क्याविनलाई नौलो फिल प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
२. ठूलो इन्फोटेन्टमेन्ट सिस्टम
किया सधै कारमा प्रिमियम फिल प्रदान गराउन लागि परेको कम्पनी हो । यस्तोमा सोनेट जिटी लाइन भेरियन्टमा सेल्टोसमा दिइएको १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।
उक्त इन्फोटेन्टमेन्ट सिस्टमले एप्पल कार प्ले, एन्ड्रोइड अटो र यूभीओ कनेक्ट कार सपोर्ट गर्छ । इन्ट्रुमेन्ट क्लष्टसँगै रहेको ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टमले कारको ड्यासबोर्ड उत्कृष्ट देखिएको छ ।
३. स्मार्ट एयर प्यूरिफायर
सोनेटमा किया सेल्टोसको जस्तै एयर प्यूरिफायर दिइएको छ । यसले क्याविनमा बहने हावालाई स्वच्छ बनाउन सहयोग गर्छ । सोनेटको एसी भेन्टसँगै सानो डिस्प्ले दिइएको छ । त्यसले हावाको गुणस्तर देखाउँछ । यसलाई इन्फोटेन्टमेन्ट सिस्टमसँग कनेक्ट गरेर चलाउन सकिन्छ ।
४. भ्यान्टिलेटेड सिट
भ्यान्टिलेटेट सिटले कारको आरामदायीपनलाई बढाउने गर्छ । कम्पनीले अगाडिका दुई सिट भ्यान्टिलेटेड प्रयोग गरेको छ । गर्मीको समयमा यात्रा गर्दा अगाडि बस्ने यात्रु र चालकलाई चिसो तथा जाडो महिनामा तातो प्रदान गर्छ । यसलाई पनि कम्पनीले सेल्टोसबाट नै लिएको हो ।
५. डिजेल इन्जिन
कियाले सेल्टोस र सोनेट दुबै गाडीमा १.५ लिटर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।


