काठमाडौं । यमाहा र होन्डा दुबै जापानी कम्पनी हुन् । जापानी टेक्नोलोजीमा तयार भएका यामाहा एक्टीजेड १५० र होन्डा एक्सआर १५० नेपालमा बिक्री भइरहेका मोडल हुन् ।
होन्डाले बिग बाइकको सेग्मेन्टमा राखेर बिक्री गर्दै आएको एक्सआर १५० एल चीनमा उत्पादन भएको डर्ट बाइक हो भने यामाहा एक्सटीजेड ब्राजिलमा उत्पादन भएको मोडल हो ।
यस्तोमा यी दुबै मोटरसाइकलमा रहेका फिचरहरु हामीले यहाँ उल्लेख गरेका छौं । जसले तपाईलाई दुई मध्य कुनै एक मोडल छनोट गर्न सहयोग पुग्ने छ ।
होन्डा एक्सआर १५० एल
होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा एक्सआर १५० डर्ट बाइकको बिक्री वितरण गर्दै आएको छ । यसको मूल्य ५ लाख २९ हजार ९०० रुपैयाँ तोकेर कम्पनीले बिक्री गर्दै आएको हो ।
होन्डा एक्सआर १५० एलमा १४९.२ सीसी सिंगल सिलिण्डर, फोर स्टोक इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा १२.१४ बीएच पावर र ६००० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्छ । एक्सआर १५० वाइकमा ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।
होन्डा एक्सआर १५० एलको लम्बाई २१००, चौडाई ८२० र उचाई ११२६ एमएम रहेको छ । यसमा १३६० एमएमको ह्वीलवेस दिइएको छ । यसको ग्राउन्ड क्लियरेन्स २४५ एमएम रहेको छ । १२ लिटरको फ्यूल ट्याङ्की एक्सआर १५० मा पाउन सकिन्छ ।
होन्डाले एक्सआर १५० एलको अगाडि चक्कामा २४० एमएमको डियुल पिष्टन क्यालिपर डिस्क र पछाडि मेकानिकल ड्रम ब्रेक दिइएको छ ।
अफरोडमा आरामदायी यात्राको लागि कम्पनीले एक्सआर १५० एलको अगाडि १८० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र पछाडि १५० एमएमको एक्स्ले ट्राभल सिंगल शक स्विङ सस्पेन्स दिएको छ ।
यामाहा एक्सटीजेड १५०
एमएडब्लू इन्टरप्राइजेज्ले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ डबल स्पोर्टस मोटरसाइकल यामाहा एक्सटीजेड १५० मा १४९.३ सीसीको फोर स्टोक, एसओएचसी २ भल्व, सिंगल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन रहेको छ । जसले ७५०० आरपीएममा १२.३ बीएच पावर र ६००० आरपीएममा १२.७५ एनएम टर्क उत्पादन गर्छ ।
वेट मल्टी डिस्क क्लचयुक्त एक्सटीजेड १५० मा ५ स्पीडको गियरबक्स दिइएको छ । अफरोडको लागि विशेष किसिमले डिजाइन गरिएको यो बाइकले प्रतिलिटर ४० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ ।
यो बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ भने बाइकको ह्वील बेस भने १३४९ एमएम रहेको छ । बाइकको तौल १२४ केजी रहेको छ ।
२३४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको बाइकको सिट हाइट ८४० एमएम रहेको छ । ११ लिटरको फियूल ट्याङ्क रहेको यो बाइकमा ३ लिटरको रिर्जभ ट्याङक रहको छ ।
अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि १६० एमएमको मोनोक्रस रियर स्केल सस्पेन्सन रहेको छ ।
एक्सटीजेड १५० को मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।


