काठमाडौं । रोयल इन्फिल्डको नयाँ मोटरसाइकल तीन भेरियन्टमा आउने भएको छ । आगामी हप्ताबाट भारतमा बिक्री सुरु हुन लागेको रोयल इन्फिल्ड मेटियोर ३५० तीन भेरियन्टमा आउन लागेको हो ।
रोयल इन्फिल्ड मेटियोर ३५० को फायरवल, स्टेलर र सुपरनोभा भेरियन्ट बजारमा ल्याउन लागेको हो । यी तीन वटै भेरियन्टमा ‘ट्रिपर नेभिगेसन’ व्ल्यूटुथ इनेवल जिपीएस सिस्टम दिएको छ ।
यी तीनै भेरियन्टमा डिजिटल एनालग इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ भने, टप भेरियन्ट सुपरनोभामा विन्ड स्क्रीन र ड्यूल टोन कलर अप्सन दिइएको छ ।
कम्पनीले यसमा ३५० सीसी क्षमताको इन्जिन दिएको छ उक्त इन्जिनले अधिकतम २०.५ हर्सपावर र २७ एनएम टर्क प्रदान गर्छ । रोयल इन्फिल्डले मेटियोर ३५० मा नयाँ रिभाइज गियरबक्स प्रदान गरेको छ ।
नयाँ मेटियार ३५० क्लासिक ३५० भन्दा केहि सस्तो हुने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसको मूल्य अहिल्यै बाहिर ल्याएको छैन ।
नेपालमा पनि रोयल इन्फिल्डका मोटरसाइकल निकै सफल रहँदै आएका छन् । यस्तोमा नयाँ मोडल चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।

