काठमाडौं । अमेरिकी मोटरसाइकल कम्पनी क्लेभल्याण्डको नेपालको बितरक क्लेभल्याण्ड साइकलवर्कले २५० सीसी क्षमताको नयाँ डर्ट मोटरसाइकल नेपाल भित्र्याएको छ । अहिले नेपालका विभिन्न सडकमा परिक्षण भइरहेको होलीगन २५० केहि समय पश्चात् बिक्री शुरु गर्ने कम्पनीले जानकारी दिएको हो ।
कम्पनीले होलीगन २५० को बुकिङ खुल्ला गरेको छ । यसलाई किन्न चाहने ग्राहकले कम्पनीको शोरुमबाट बुकिङ गर्न सक्ने छन् । संभवत तिहारपछि यसको डेलिभरी दिने तयारीमा कम्पनी रहेको छ ।
मूल्यसूची प्रकाशन नभएपनि कम्पनीका अनुसार होलीगन २५० को मूल्य ६ लाखदेखि ६ लाख ५० हजार रुपैयाँसम्म पर्ने छ ।
होलीगन २५० मा २५० सीसी, सिगंल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ६५०० आरपीएममा ३१ बीएच पावर तथा २३ एनएम टर्क ६५०० आरपीएमा जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
यो मोटरसाइकलले क्रसफायर २५० सँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै क्लेभल्याण्ड होलीगन ४५० समेत नेपाली बजारमा बिक्री हुँदै आएको छ । यसको मूल्य भने १२ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

