अपाचे आरटीआर २०० फोर भीमा थपिए नयाँ फिचर, तीन ड्राइभिङ मोड उपलब्ध

काठमाडौं । टीभीएस अपाचे आरटीआर २०० फोर भीमा सेग्मेन्ट फर्स्ट फिचर थप गर्दै भारतमा सार्वजनिक गरेको छ । कम्पनीले २०२१ आरटीआरमा नयाँ फिचर थप गरेर बजारमा ल्याएको हो ।

कम्पनीले आज सार्वजनिक गरेको २०२१ आरटीआर २०० फोर भीमा विभिन्न तीन राइडिङ मोड रहेको छ । स्पोर्ट, अर्वान र रेनगरि तीन भिन्न राइडिङ मोडमा यो मोटरसाइकल चलाउन मिल्नेगरि आएको हो ।

यसमा रहेको अर्वान मोडमा उच्च पावर तथा कन्ट्रोल रहने छ । त्यस्तै रेन मोडमा यसको ट्यून गरिएको एबीएस फिचरले सार्प रेस्पोन्स गर्छ भने स्पोर्ट मोडले ट्रयाक लेभलको टप स्पीड क्षमताको प्रर्दशन गर्ने छ ।

यस्तै यसमा कम्पनीले अर्को सेग्मेन्टमा नै पहिलो एड्जष्ट गर्न मिल्ने सस्पेन्सनका साथै तीन स्टेप एड्जष्टेवल ब्रेक र क्लचसमेत दिएको छ ।
त्यसैगरि नयाँ आरटीआर २०० फोर भीमा एफआई टेक्नोलोजी, स्लीपर क्लच, स्मार्ट कनेक्ट, ग्लाइ थ्रु टेक्नोलोजी, डबल च्यानल एबीएस, रेडियल टायर, एलइडी हेडल्याम्प, एलइडी डिआरएल जस्ता फिचर समावेस रहेको छ ।

कम्पनीले टीभीएस अपाचेको ४० लाख ग्राहक पुगेको अवशरमा नयाँ कलर ‘मेट ब्लु’मा आरटीआर २०० फोर भी ल्याएको हो ।


Back_to_top