काठमाडौं । फोर्ड भारतमा महिन्द्रासँगको सहकार्यमा तयार गरेको नयाँ एसयूभी देखिएको छ । कम्पनीले इकोस्पोर्ट भन्दा माथिल्लो सेग्मेन्टमा ल्याउने तयारी गरिरहेको एसयूभीको सडक परिक्षण सुरु गरेको अनुमान गरिएकाे हो ।
महिन्द्राको एक्सयूभी ५०० को प्ल्याटर्फममा बनाइरहेको फोर्डको नयाँ एसयूभी सि सेग्मेन्ट एसयूभीको रुपमा बजारमा आउने छ ।
इन्ट्राग्राममा देखिएको तस्विर पूर्णत तयार एसयूभीको देखिन्छ । कम्पनीले कोण नेम ‘सिएक्स ७५७’ दिएर उत्पादन गरिरहेको एसयूभीको डिजाइन इटालियन डिजाइन हाउस पिनानफेरिनाले गरेको हो ।

तस्विरमा फोर्डको अक्टागोनल ग्रिल, क्रोम फिनिसिङ, मल्टी लेयर एलइडी डेटाइम रनिङ लाइट, ठूलो फगल्याम्प हाउजिङ देखिन्छ ।
संम्भवत कम्पनीले यसमा २.० एमस्टलेसन पेट्रोल र २.२ लिटर फोर पोष्ट डिजेल इन्जिन दिने छ । ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्समा यसलाई कम्पनीले बजारमा उतार्ने छ । यसको प्रतिस्पर्धा बजारमा जीप कम्पास र महिन्द्रा एक्सयूभी ५०० जस्ता मोडलसँग हुने अनुमान गरिएको छ ।


