काठमाडौं । माइक्रोबस नेपालको साना र साँघुरा सडकमा निकै सफल सार्वजनिक यातायातको रुपमा परिचित भएको छ । काठमाडौंबाट पूर्व र पश्चिम दुवै दिशामा रहेका मुख्य सहरी गन्तव्यमा माइक्रो बस सेवा उपलब्ध रहेको छ ।
विशेषत टोयोटाको हायस नेपालमा चल्तीको माइक्रो बस हो । सार्वजनिक यातायातदेखि स्कुल, कलेज, पर्यटन व्यवसायीहरुको रोजाइमा पर्दै आएको माइक्रो बस नेपाली यातायातको अभिन्न अंग बनिसकेको छ ।
टोयोटा हायास, फोटोन भ्यु सीएस२एल, फोर्स ट्राभलर जस्ता मोडल अहिले नेपालमा बिक्री भइरहेका चल्तीका माइक्रोबस हुन् । यसमा पनि टोयोटा हायस विक्रीको हिसावले अब्बल रहेको छ । वा, भनौ करिब ८० प्रतिशत बजार हिस्सा यसैले ओगटेको छ ।
महंगो मूल्यका बाबजुद टोयोटा हायसले सफलता पाइरहेको छ । जापानी अटोमोवाइल उत्पादकले बनाएको हायस निकै लग्जरी माइक्रो बस हो । यसमा सुविधा सम्पन्न फिचर र सुरक्षाको लागि गाडिमा चाहिने सबै फिचर ग्राहकले पाउने छन् ।
यस्तोमा बजारमा लामो समयदेखि बलियो पकड बनाउदै आएको टोयोटा हायस र फोटोन भ्यु सीएस२एलमा रहेका केहि फिचर हामीले यहाँ प्रस्तुत गरेका छौं ।
टोयोटा हायस
यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले विक्री गर्दै आएको टोयोटा हायसमा १६ जनाले आरामदायी यात्रा गर्न सक्ने सिट रहेको छ । यसलाई विश्व बजारमा ‘लग्जरी कोच’को नामले पनि परिचित गराइन्छ । हरेक सिट यसमा आरामदायी रहेको छ भने प्रत्येक प्यासेन्जरको लागि सिट बेल्ट उपलब्ध रहेको छ । यसको डिजाइन प्यासेन्जरको घँुडा, टाउको, कुम र हिपलाई आधार मानेर गरिएको छ । यसमा दिइएको पाँचौ रोमा रहेको लामो सिटलाई फोल्ड गरेर सामान बोक्ने स्थानसमेत बनाउन सकिन्छ ।

पावरको कुरा गर्दा यसमा २.५ लिटर १६ भल्भ डिओएचसी टर्बो इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ३६०० आरपीएममा १०७ हर्स पावर र १६०० देखि २६०० आरपीएममा २६० एनएम टर्क प्रदान गर्छ । निकै राम्रो माइलेज दिने यसको संचालन लागत निकै कम रहेको कम्पनीको दाबी छ ।
यो माइक्रोबसको लम्बाई ५३०० एमएम, चौडाई १८८० एमएम र उचाई २२८५ एमएम रहेको छ । ३११० एमएमको ह्वीलवेसको कारण यो माइक्रोबस ड्राइभिङको समयमा निकै स्टेवल रहन्छ । यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।
लामोदुरीमा चलाउँदा पनि चालकले निकै आरामदायी महशुस गर्ने हायसमा कुलर, अगाडि पावर विन्डो, रिमोट सेन्ट्रल लकिङ, अगाडि डबल विस्बोन टाइप सस्पेन्सन, पावर स्टेरिङ, हाइ लेभल क्र्यास सेफ्टी बडी, एड्जस्ट गर्न मिल्ने स्टेरिङ, हेलोजिन हेडल्याम्प, अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक जस्ता फिचर उपलब्ध रहेका छन् । यसको नेपाली बजारमा मूल्य ९० लाख रुपैयाँ रहेको छ ।
फोटोन भ्यु सीएस२एल
एमएडब्लु वृद्धिले नेपालमै पहिलो १९ सिट क्षमताको भ्यान भ्यु सिएल२एल नेपालमा बिक्री सुरु गरेको छ । यसमा लगाइएको २.८ लिटरको कमिन्स् इन्जिनले ३६०० आरपीएमा अधिकतम १४७ हर्स पावर र ३००० आरपीएममा ३३० एनएम टर्क प्रदान गर्छ ।
भ्यु सीएसएलमा डुअल एअरब्याग, इबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरु उपलब्ध रहेका छन् ।

नयाँ भ्यु सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ ।
नयाँ पिक र भ्यानले कमिर्शियल भेहिकलको मागलाई सम्बोधन गर्ने अपेक्षा कम्पनीले गरेको छ । प्रतिस्पर्धी टोयोटा हायसभन्दा कम मूल्य र बढी पावर भएकोले भ्यु सीएस२एलले राम्रो बजार पाउने कम्पनीले अपेक्षा गरेको छ ।


