एक्सचेन्जमा यामाहा स्कुटर किन्नेलाई थप ‘वोनस’, मंसिर ३० गतेसम्म पाइने

काठमाडौं । यामाहाले नयाँ स्कुटर किन्ने ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्दा थप बोनस दिने योजना ल्याएको छ । कम्पनीले ‘कार्वुरेटर छाडौँ, एफआई चढौँ’ भन्ने नारासहित एक्सचेन्ज अफर ल्याएको हो । कम्पनीले चल्तीको बजार मूल्यमा १५ हजार थप मूल्याङकन दिएर पुरानो मोटरसाइकल वा स्कुटर खरिद गर्ने जनाएको छ ।

यस योजनामा ग्राहकले कुनै पनि ब्राण्डको जस्तोसुकै अवस्थाको मोटरसाइकल वा स्कुटरसँग यामाहाका नयाँ स्कुटर एक्सचेन्ज गर्न सकिने जनाएको छ । यो योजना मसिंर ३० गतेसम्म नेपालभरको शोरुममा उपलब्ध हुने यामाहा नेपालको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज्ले जानकारी दिएको छ ।

यस योजना अन्तर्गत ग्राहकले यामाहाका बीएस ६ स्कुटर किन्न सक्नेछन् । साथै, ग्राहकले ५० हजार रुपैयाँ मात्रै डाउन पेमेन्ट गरेर पनि यामाहाका नयाँ स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यामाहा फसिनो १२५ र रे जेडआर १२५ मा उक्त स्कीम ल्याएको हो । यो अफरमा ग्राहकले ५० हजार रुपैयाँ बुझाएर ३० महिनाको अधिकतम मासिक किस्तामा यो स्कुटर किन्न सक्नेछन् । यसमा ग्राहकले इन्स्योरेन्स तथा अन्य कुनै चार्ज तिनु नपर्ने कम्पनीले जनाएको छ । एक्स्चेन्जमा स्कुटर किन्दा ग्राहकको डाउन पेमेन्ट रकम ५० हजारभन्दा बढी भएपनि मासिक किस्ता भने ८ हजार ५०० रुपैयाँ नै तिर्नु पर्छ । समय अवधि भने कम हुन्छ ।

यामाहा फसिनो तथा रे जेडआर दुबैमा १२५ सीसी एफआई बीएस ६ इन्जिन रहेको छ । यी दुबै स्कुटरमा सेग्मेन्ट फष्र्ट फिचर रहेको छन् । यामाहाले रे जेडआर १२५ स्ट्रीट र्यालीको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ, रे जेडआर १२५ एफआइको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै यामाहा फसिनो १२५ एफआइको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top