काठमाडौं । हुन्डाईले कोरियामा परिक्षण गरिरहेको नयाँ मोडल अहिले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चामा रहेको छ । हुन्डाईले ल्याउन लागेको नयाँ मोडल आफ्नो एसयूभी लाइनअपको सबैभन्दा सानो एसयूभी हो ।
माइक्रो एसयूभी सेग्मेन्टमा आउन लागेको नयाँ गाडी सन् २०२१ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ । बजारमा यो एसयूभी भेन्यूभन्दा मुनी रहनेगरि आउने अनुमान गरिएको छ ।
कोरियन कम्पनी हुन्डाईका उत्पादन नेपाली बजारमा निकै सफल रहेका छन् । कम मूल्यमा प्रिमियम फिचरको कारण नेपालमा हुन्डाईका गाडी सफल हुँदै गएका हुन् ।

हरेक दुई वर्षमा हुन्डाईले आफ्ना कारमा नयाँ पन प्रदान गर्ने र हरेक ४ वर्षमा नयाँ जेनेरेशन मोडल ल्याउने भएकाले ग्राहकको रोजाईमा हुन्डाईका उत्पादन पर्दै आएका हुन् ।
डिजाइन
परिक्षणको क्रममा देखिएको तस्विरलाई आधार मान्दा हुन्डाईको माइक्रो एसयूभी ‘एएक्स–१’ हाई राइडिङ स्टक्चरमा निर्माण भएको अनुमान गर्न सकिन्छ । निकै अग्लो देखिने नयाँ एसयूभी निकै स्टाइलिस देखिन्छ ।
परिक्षणको क्रममा देखिएको तस्विरमा यसमा रहेको रुफरेल, डायमन्ड कट अलोय ह्वील, एलइडी टेल ल्याम्प, सार्क फिन एन्टेना जस्ता फिचर सहजै देख्न सकिन्छ ।

इन्जिन र पावर
हुन्डाईको चर्चित प्ल्याटफर्म ‘के–१’मा निर्माण भइरहेको ‘एएक्स–१’को भारतीय उत्पादनमा ग्रान्ड आई १० नियोसमा रहेको १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ८३ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ । कम्पनीले यसलाई ग्लोवल मोडलको रुपमा ल्याउने अनुमान गरिएको छ ।
अन्य फिचर
हुन्डाईले दिएको उत्पादन कोण नेम ‘एएक्स–१’ मा एलइडी डेटाइम रनिङ लाइट, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री, एड्जस्टेवल ड्राइभिङ सिट, ड्यूल कलर ड्यास बोर्ड, स्टेरिङ माउन्ट अडियो कन्ट्रोल जस्ता फिचर रहने छन् ।

