यामाहाले नेपाल ल्यायो २६२ किलोमिटरको रफ्तारमा कुद्ने मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । यामाहाको लेजेन्डरी मोटरसाइकल ‘वाइजेडएफ आर ६’ को नेपालमा विक्री सुरु गरेको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक एमएडब्ल्यूले ‘विग बाइक’ सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याएर विक्री सुरु गरेको हो ।

विश्व बजारमा यामाहा मिड साइज स्पोर्टस मोटरसाइकल सेग्मेन्टमा निकै चर्चित जापानीज मोटरसाइकल ब्रान्डमा पर्छ । यामाहा आर ६ एरोडाइनामिक डिजाइनमा निर्माण गरिएको आक्रमक लुक्स भएको मोटरसाइकल हो । यामाहाले आर सिरिजमा स्पोर्टस् मोटरसाइकल निर्माण गर्दै आएको छ ।

यामाहाले वाइजेडएफ आरमा ६ र्याडीकल आर सिरिज डिजाइनमा अग्रेशिभ डूअल एलइडी पिस्टन लाइट्स दिएको छ । यसको फ्रन्टमा ४३ एमएम फ्रन्ट फर्क, १७ लिटर आल्मुनियम फ्युल ट्याङक, डबल डिस्क ब्रेक तथा एबीएस सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

यसमा ५९९ सीसी प्यारलल ४ सिलिन्डर, ४ स्ट्रोक, डीओएचसी ४ भल्भ लिक्वीड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले १४ हजार ५०० आरपीएममा ११८.४ पीएस पावर र १० हजार ५०० आरपीएममा ६१.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै क्वीक सिफ्टर जडान गरिएको छ ।

यो मोटरसाइकल प्रतिघन्टा २६२ किलोमिटरको रफ्तारमा कुद्न सक्छ । यसमा १७ लिटरको फ्युल ट्याङ्क रहेको छ भने, यो मोटरसाइकलले १५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी गरेको छ ।

यो मोटरसाइकलको कुल तौल १९० केजी रहेको छ भने, यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ ।

यो मोटरसाइकल नेपाली बजारमा मिडनाइट ब्ल्याक र आइकन ब्ल्यू कलरमा उपलब्ध रहेको छ । योसँगै नेपाली बजारमा यामाहाको सबैभन्दा महंगो मोटरसाइकल आर ६ भएको छ । यामाहा वाइजेड आर ६ को मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top