काठमाडौं । मोटरसाइकलबाट यात्रु बोक्न सहजिकरण गर्ने पठाओ कम्पनीमा राइडरहरुले नै तोडफोड गरेका छन् । उनिहरुले आफ्नो माग सम्बोध नगरेको भन्दै कम्पनीमा तोडफोड गरेका हुन् ।
पठाओ राइडरहरुले अघिल्लो सोमबार ११ बुँदे मागपत्र पेश गरेर आफ्नो पेसागत हित, सेवा सुविधा, बीमा लगायतका कुरामा कम्पनीले सहयोग गर्नु पर्ने जनाएका थिए ।
राइडरहरुको मागमा पठाओले कुनै निर्णय नलिएको भन्दै उनिहरुले आन्दोलनका कार्यक्रम बनाएर कार्यायल घेराउ गर्दै आएका थिए । आज एक्कासी राइडरहरु तोडफोडमा उत्रेको भन्दै प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
कम्पनीले आफ्ना माग एक हप्ता भित्र पुरा गर्न दिएको अल्टीमेटमको वेवास्था गरेको भन्दै राइडरहरु आक्रोसित भएका थिए । उनिहरुले कम्पनीले लिने कमिसन घटाउनु पर्ने, कस्टुमर केयर नम्बर टोल फ्रि हुनुपर्ने, विपिजी सस्पेन्ड हटाउनु पर्ने लगायतका माग राखेका थिए ।
पठाओले भने कम्पनीको नीति, नियम र अनुशासनमा नबस्ने केहि व्यक्ति तोडफोडमा उत्रेको भन्दै विज्ञप्ती जारी गरेको छ ।

