सन् २०२० मा बजारमा आएका उत्कृष्ट कारको सूचीमा ६ मोडल

काठमाडौं । भारतीय मीडीया एनडी टिभीको अटो पोर्टल कार एण्ड बाइकले वर्षै पिच्छे दिदै आएको अवार्ड अन्तर्गत सन् २०२१ को लागि भएको नोमिनेशको नामावली सार्वजनिक भएको छ ।

सिएण्डबी भ्यूअर च्वाइस अवार्डको नोमिनेशनमा सार्वजनिक भएको छ । कोरोना भाइरसको कहरमा पनि भारतीय अटोमोवाइल क्षेत्रमा सबै सेग्मेन्टमा नयाँ नयाँ कारहरु लन्च भएका छन् । सन् २०२० मा भारतमा बनेका कार मध्ये सिएण्डबी भ्यूअर च्वाइसको लागि निम्म कारहरु नोमिनेशनमा परेका छन् ।

१. होन्डा सिटी

न्यू जेनेरेसन होन्डा सिटी पहिलाको भन्दा धेरै परिवर्तित स्वरुपमा आएको छ । नयाँ डिजाइन र स्टाइलको साथै थप नयाँ फिचरहरु होन्डा सिटी आएको छ । फुल एलइडी हेडल्याम्प, एलइडी डिआरएल, डियूल टोन अलोय ह्वील, एलइडी टेलल्याम्प जस्ता बाहिरी फिचरहरुले सिटीलाई नयाँ लुक्स प्रदान गरेको छ ।

यसको क्यावीनमा प्रिमियम लेदर इन्टेरियर, ८ इन्चको टचस्कृन इन्फोटेन्मेट सिस्टम, ७ इन्चको डिजीटल इन्ट्रुमेन्ट क्लष्टर, इलेक्ट्रीक सनरुफ, एलेक्सा रिमोर्ट कम्प्लाविलीटी जस्ता सेग्मेन्ट फर्स्ट फिचरहरु रहेका छन् । होन्डाले यसमा फोर सिलिण्डर १.५ लिटर पेट्रोल तथा डिजल इन्जिन दिएको छ । नयाँ जेनेरेशन सिटीमा ६ स्पीडको म्यानुअल तथा सिभीटी अटोमेटिक गियरबक्स रहेको छ ।

नयाँ जेनेरेशन होन्डा सिटी स्याकार ट्रेडिङले नेपालमा पनि विक्री सुरु गरिसकेको छ ।

२. नयाँ जेनेरेशन हुन्डाई आई २०

नयाँ जेनेरेशन हुन्डाई आई २० एक बोल्ड डिजाइन र नयाँ स्टाइलमा आएको प्रिमियम ह्याचव्याक कार हो । यो कारमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, डियूल टोन अलोय ह्वील, एलइडी टेलल्याम्प तथा सनरुफ जस्ता फिचरले सुसज्जीत रहेको छ ।

यसको ड्यासबोर्डमा हुन्डाईको व्लुलिङ्क कनेक्ट फिचर सहितको ठूलो टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । हुन्डाईले यस कारमा १.२ लिटरको नेचुरल यस्पायर्ड, १.० लिटरको टर्बो पेट्रोल तथा १.५ लिटर डिजल इन्जिनगरि तीन अप्सन दिएको छ । यो कारमा ५ स्पीड तथा ६ स्पीड म्यानुअल गियरबक्स रहेको छ ।

मार्च २०२१ सम्ममा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ जेनेरेशन आई २० नेपाली बजारमा ल्याउने जनाएको छ ।

३. महिन्द्रा थार

महिन्द्राको नयाँ जेनेरेशन थार धेरै नै कुरिएको अफरोड एसयूभी हो । यो एसयूभी लन्च गरेको २० दिनमै २० हजार बुकिङ भएको थियो । यो एसयूभी आगामी वर्षको मध्यसम्मका लागि फुल बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

ग्लोबल एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ पाएसँगै यो कारको चर्चा चुलिएको हो । यो कार एएक्स तथा एलएक्स दुईवटा अप्सनमा उपलब्ध रहेको छ । पहिलो पटक थारमा हार्डटप रुफ पनि दिइएको छ । नयाँ थारमा इन्सुलेसन भएको उत्कृष्ट क्यावीन, रुफ माउन्टेड स्पिकर, टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फरवार्ड फेसिङ रियर सिट आदिले यस एसयूभीलाई सबै बाटाहरुका लागि उपयुक्त बनाएको छ ।

नयाँ जेनेरेशन थार पहिलो पटक २.० लिटर एमस्टालन टर्बो पेट्रोल इन्जिन र २.२ लिटर एमहक डिजल इन्जिनमा आएको छ । यसमा ६ स्पीड म्यानुअल तथा ६ स्पीड अटोमेटिक टर्क कन्भटर गियरबक्स दिइएको छ । अबको केहि समयपछि नयाँ थार नेपाल ल्याउने तयारी भइरहेको छ ।

४. एमजी हेक्टर प्लस

एमजी हेक्टर प्लस तेस्रो रो सहितको ६ सिटर भर्सनको एसयूभी हो । मोरिस ग्यारेजले भारतमा बनाएको हेक्टरको सफलतापछि आएको हेक्टर प्लस भारतीय ठूलो परिवार भएको समाजमा एक सफल फेमेली एसयूभी भएको छ । नयाँ डिजाइनको हेक्टरमा १०.४ इन्चको भर्टिकल डिस्प्लेमा कनेक्टेड आईस्मार्ट फिचर रहेको छ ।

यो एसयूभी २.० लिटरको डिजल, १.५ लिटर पेट्रोल तथा १.५ लिटरको पेट्रोल हाइब्रिड सहित तीन इन्जिन अप्सन रहेको छ । दुबै पेट्रोल इन्जिनमा ६ स्पीडको म्यानुअल तथा डिसीटी अटोमेटिक गियरबक्स रहेको छ भने, डिजलमा म्यानुअल गियरबक्स मात्र रहेको छ ।

यो एसयूभी तत्काल नेपाल आउने छैन ।

५. निसान म्याग्नाइट

निसानको पहिलो सब कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट एक उत्कुष्ट ‘भ्यालु फर मनी’ एसयूभी सावित भएको छ । यसको माथिल्लो स्पेक एक्सभी वा एक्सभी प्रिमियममा वायरलेस चार्जर, एयर प्युरीफायर, एम्बीयन्ट मुड लाइट, पडल ल्याम्प र जेबीएलको स्पीकर पाउन सकिन्छ ।

म्याग्नाइटमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, सेग्मेन्ट फस्ट ३६० डिग्री क्यामरा समेत रहेको छ । यो एसयूभी निसानले विकास गरेको नयाँ १.० लिटरको नेचुरल एस्पायर्ड तथा १.० लिटरको टर्बो पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यो कार ५ स्पीड म्यानुअल तथा टर्बो भर्सनमा सिभीटी अटोमेटिक गियरबक्स दिइएको छ ।

जनवरी अन्तिममा यसलाई पायोनियर मोटोकर्पले नेपाल ल्याउन लागिरहेको छ ।

६. टाटा अल्ट्रोज

टाटा मोटर्सको पहिलो प्रिमियम ह्याचव्याक टाटा अल्ट्रोज नेक्सपछि रुचाइएको उत्कृष्ट मोडल हो । टाटाको नेक्सन जस्तै ग्लोबल एनक्याप रेटिङमा फाइभ स्टार रेटिङ पाएको अल्ट्रोज टाटाको नयाँ इम्प्याक २.० डिजाइन ल्याङवेजमा आधारित अल्फा प्ल्याटफर्ममा बनेको कार हो । यो कारमा धेरै सेग्मेन्ट फस्ट फिचरहरु दिइएको छ ।

ड्यासबोर्डमा ७.० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । नयाँ अल्ट्रोजमा १.२ नेचुरल्ली एस्पायर्ड रेभोट्रन पेट्रोल तथा १.५ लिटरको टर्बो चार्ज्ड रेभोटर्क टर्बो डिजल इन्जिन दिइएको छ । यो कार ५ स्पीड म्यानुअल गियरबक्स दिइएको छ ।

टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले यसको नेपालमा विक्री वितरण गरिरहेको छ ।


Back_to_top