काठमाडौं । सरकारले नागरिक एप संचालनमा ल्याउने निर्णय गरेको छ । आज मन्त्री परिषद्को बैंठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रबक्ता/सूचना तथा संचारमन्त्री पार्वत गुरुङले नागरिक एप संचलनमा आएको जानकारी दिए । उनका अनुसार आजैबाट यसको सेवा नागरिकले लिन सक्ने छन् ।
सरकारले यहि एपबाट आगामी तीन महिना भित्रै यातायात क्षेत्रसँग सम्बन्धीत कर लगायतका सेवा आफ्नै मोवाइलबाट तिर्न सक्नेगरि काम भइरहेको उनले जानकारी दिए । याे एपलाई सजिलै एप स्टाेरबाट डाउनलाेड गर्न सकिने छ ।
अहिले यो एप मार्फत नागरिकले नागरिकता विवरण, स्थाइ लेखा नम्बर (प्यान)को विवरण, संचय कोष, नागरिक लगानी कोषको सेवाहरु सेवाग्राहीले पाउने छन् । सरकारले अबको तीन महिना भित्र सेवालाई थप विस्तार गर्दै लाने जनाएको छ । यसले नेपालमा सरकारी राजश्व तिर्न घन्टौ लाइन बस्नु पर्ने दिनको अन्त्य गर्ने विश्वास सरकारले लिएको छ ।

