सुजुकी स्वीफ्ट डिजायरको सुरुवाती मूल्य ३४ लाख, बुकिङ खुल्ला

काठमाडौं । मारुती सुजुकीले अघिल्लो वर्ष मार्च अन्तिममा भारतमा सार्वजनिक गरेको स्विफ्ट डिजायर नेपाल आउने भएको छ । नेपालको आधिकारीक वितरक सिजी मोटोकर्पले नयाँ डिजायरको बुकिङ खुल्ला गरेसँगै नेपाल आउने पक्का भएको हो ।

इन्जिन

डिजायरमा मारुती सुजुकीको के१२एन, फोर सिलिण्डर इन्जिन दिइएको छ । यसमा ग्राहकले आइडल स्टार्ट र स्टपको सुविधा पाउने छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो ५ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध हुनेछ ।

नयाँ डिजायरमा ३७ लिटरको इन्धन ट्याङ्क दिइएको छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सीले यसले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।

ब्रेक, सस्पेन्सन र टायर

फेसलिफ्ट डिजायरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । सस्पेन्सको कुरा गर्दा डिजायरको अगाडि म्याक फेरसन स्ट्रुट र पछाडि टोर्सियन बीम दिइएको छ । कम्पनीले यसमा स्टील र अलोय ह्वील दुई अप्सन दिएको छ । स्टील ह्वीलमा १४ इन्चको टायर लाग्छ भने अलोय ह्वीलमा १५ इन्चको टायर लाग्ने छ ।

फिचर

कम्पनीले नेपाल ल्याउने भिएक्स र जेडएक्सआई भेरियन्टमा केहि फिचर फरक रहने छन् । दुबै भेरियन्टमा एलइडी टेलल्याम्प, एलइडी स्टपल्याम्प, बडी कलर डोर ह्याण्डल, बडी कलर ओआरभीएम पाउन सकिन्छ । भिएक्सआईमा स्टील ह्वील दिइएको छ भने जेडएक्सआईमा अलोय ह्वील पाउन सकिन्छ ।

कारको भित्र लेदरले मोरिएको स्टेरिङ ह्वील , मोर्डन उडन एसेन्ट सहितको ड्यासबोर्ड, मल्टी इन्फर्मेशन डिस्प्ले, लो फ्यूल वार्निङ ल्याम्प, विभिन्न स्थानमा क्रोम फिनिसिङ, फ्रन्ट डोर आर्मरेष्ट जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरि सुरक्षाको लागि एबीएस, इबीडी, २ वटा एयरव्याग, रिभर्स पार्किङ सेन्सर, एन्टी थेप सेक्यूरिटी सिस्टम, फगल्याम्प, रियर डिफगर, आइएओ फिक्स चाइड सिट, रिटवेल्ट रिमाइन्डर, स्पीड सेन्सिटीभ डोर लक, स्पीड अलर्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

गाडी आरामदायी बनाउन कम्पनीले यसमा आइडियल स्टार्ट/स्टप, पुस वटम स्टार्ट, अटो हेडल्याम्प, रियर एसी भेन्ट, रियर सिट आर्मरेष्ट, किलेस इन्ट्री, हिटर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सेन्ट्रल लकिङ, पावर विन्डो, टिल्ट स्टेरिङ, लेग रुम ल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

मूल्य

सिजी मोटोकर्पले स्वीफ्ट डिजायर फेसलिफ्ट भिएक्सआई भेरियन्टको मूल्य ३४ लाख २९ हजार र जेडएक्सआईको ३७ लाख ७९ हजार रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको हो ।


Back_to_top