काठमाडौं । एसयूभी स्पेसियालिस्ट अटोमोबाइल ब्रान्ड जीपको प्रिमियम एसयूभी ग्रान्ड चेरोकी काठमाडौंको सडकमा बिहीबार देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा निकै चर्चित यो एसयूभी पहिलो पटक नेपाली सडकमा देखिएको हो । ग्रान्ड चेरोकी पूरै विश्व अटोमोवाइलमा आफ्नो लाइफटाइम भरिमा सबैभन्दा बढी अवार्ड पाउन सफल एसयूभी हो । यो प्रिमियम बनोट र अफरोड क्षमताका कारण लोकप्रिय रहेको छ ।

जीपको आधिकारिक वेबसाइटका अनुसार ग्रान्ड चेरोकीमा लेदर टिम्ड सिट, पार्क भ्यू रियर ब्याकअप क्यामेरा, हिटेड स्टेरिङ, फ्रन्ट एन्ड रियर सिट छन् । अन्तर्राष्ट्रिय बजारमा यो ३.०, ३.६ पेन्टास्टार, ५.७भी८, ६.२भी८ र ६.७भी८ इन्जिनमा उपलब्ध छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले ३.० लिटर क्षमता भएको ग्रान्ड चेरोकी ल्याएको हाम्रो अनुमान छ ।

ग्रान्ड चेरोकी शक्तिशाली एसयूभी मात्र होइन यसको क्याबिन पनि प्रिमियम छ । यसमा एक्टिभ न्वाइज क्यान्सेलेसन फिचर पनि रहेको छ ।
काठमाडौमा देखिएको ग्रान्ड चेरोकी सेतो रंगको थियो र सडकमा यसको उपस्थिति दमदार थियो । यसको एक्टेरियर कुनै आधुनिक जीप जस्तो देखिन्थ्यो । यसमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल, एग्रेसिभ एलइडी हेडल्याम्प र अलोय ह्वील देखिन्थ्यो ।

एमएडब्लु लाइफले ग्रान्ड चेरोकीलाई चाँडै नै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

