काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लूले सबैजस्तो मोटरसाइकल नथा स्कुटर एफआई इन्जिनमा विक्री गर्दै आएको छ । यामाहाले पछिल्लो समय दुई स्कुटर बीएस ६ इन्जिनमा पनि विक्री गर्दै आएको हो ।
कम्पनीले हालसम्म मोटरसाइकल भने बीएस ६ इन्जिनमा ल्याएको छैन । नेपाली बजारमा यामाहाका धेरैजसो मोटरसाइकल तथा स्कुटर एफआई इन्जिनमा रहेको छ ।
यामाहाका ४ मोडलका मोटरसाइकलमा एबीएस सुविधा रहेको छ । कम्पनीले विक्री गर्ने सबैभन्दा कम मूल्यको एबीएस भएको मोटरसाइकल एफजेडएस भी ३ हो । १४९ सीसी इन्जिन क्षमताको इन्जिन भएको यो मोटरसाइकलको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि यामाहा आर १५ भी ३ एबीएस फिचर रहेको अर्को मोटरसाइकल हो । यो मोटरसाइकलमा डबल च्यानल एबीएस रहेको छ । यसमा १५५ सीसी सिंगल सिलिन्डर भीभीए इन्जिन रहेको छ । यसको मूल्य ४ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । सोहि इन्जिन क्षमता रहेको एमटी १५ मा सिंगल च्यानल एबीएस रहेको छ भने, यसको मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै यामाहाले विक्री गर्ने अर्को मोटरसाइकल एफजेड २५ एबीएस फिचर भएको मोटरसाइकल हो । यामाहा एफजेड २५ मा डबल च्यानल एबीएस फिचर रहेको छ । यसमा २५० सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यसको मूल्यको ४ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि यामाहाले नेपाली बजारमा विक्री गर्ने यामाहा एनम्याक्स १५५ स्कुटरमा एबीएस फिचर रहेको छ । यसमा १५५ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यसको मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।
यसका अलावा कम्पनीले नेपाली बजारमा विग बाइक सेग्मेन्टका मोटरसाइकल विक्री गर्ने तयारी गरेको छ । यी सबै विग बाइकमा एबीएस उपलब्ध रहने छ ।


