यामाहाले ल्यायो नयाँ क्लासिक मोटरसाइकल

काठमाडौं । यामाहाले एसआर ४०० नयाँ क्लासिक मोटरसाइकल जापानमा सार्वजनिक गरेको छ । यामाहाले पछिल्लो दिनमा क्लासिक मोटरसाइकलको बढ्दो क्रेजलाई मध्यनजर गर्दै क्लासिक मोटरसाइकल ल्याएको हो ।

यामाहाले ल्याएको एसआर ४०० मा ३९९ सीसी क्षमताको एयरकुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा २४ पीएस पावर र ३००० आरपीएममा २८ एनएम टर्क प्रदान गर्छ । पावरमा होन्डा हाइनेस सिबी ३५० र रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा बढी हो ।

सेमि-डवल कार्डेल फ्रेममा बनाइएको यो मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि ड्यूल सक सस्पेन्सन दिइएको छ । कम्पनीले यसमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिएको छ ।

राउन्ड हेडल्याम्प, किक स्टार्ट, डिजिटल कन्सोल जस्ता फिचर यसमा उपलब्ध रहेको छ । यामाहाले क्लासिक मोटरसाइकलको क्षेत्रमा ४३ वर्ष पुरागरेको अवसरमा यो मोटरसाइकल ल्याएको हो । यसको लिमिटेड एडिसन एक हजार यूनिट मात्रै उत्पादन हुने बताइएको छ ।


Back_to_top