काठमाडौं । क्लासीक मोटरसाइकल पारखीहरु माझ चर्चित मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्ड परिचित नाम हो । यही ब्रान्डको नेपालमा आधिकारिक वितरक एभी दुगड ग्रुप रहेको छ ।
विशेषत क्रुजर मोडलका मोटरसाइकल उत्पादन तथा विक्री गर्ने ब्रान्ड रोयल इन्फिल्डको क्लासीक ३५० नेपाली बजारमा लोकप्रिय मोटरसाइकलमा पर्छ । केही समय अगाडि मात्र कम्पनीले क्लासीक ३५० को नयाँ सिग्नल एडिशन नेपाल ल्याएको थियो ।
कम्पनीले रोयल इन्फिल्डलको विभिन्न ३ मोडलका ६ भेरियन्टमा मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले ३५० सीसी सेग्मेन्टमा क्लासीक ३५०, क्लासीक ३५० एबीएस भर्सन, क्लासीक ३५० सिग्नल एडिशन, गन मेट ग्रे गरि ४ भेरियन्ट विक्री गर्दै आएको छ । त्यस्तै एड्भेन्चरमा मोटरसाइकल हिमालयन र क्याफे रेशर डिजाइन रेट्रो लुक मोटरसाइकल इन्टरसेप्टर ६५० पनि नेपालमा विक्री हुने मोडल हुन् ।
कम्पनीलका अनुसार गन मेटर ग्रे मोटरसाइकल हाल स्टकमा छैन । यसलाई अबको केही दिनमा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । गन मेटल ग्रे र क्लासीक ३५०को मूल्य समान ५ लाख १५ हजार रुपैयाँ रहेको छ । यी मोटरसाइकल एबीएस सिस्टम नभएका भेरियन्ट हुन् ।
त्यस्तै क्लासीक ३५० एबीएसको मूल्य ६ लाख रुपैयाँ रहेको छ भने, क्लासीक ३५० सिंगनल एडिशनको मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ । यी दुबै मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।
त्यसैगरि रोयल इन्फिल्ड एड्भेन्चर मोटरसाइकल हिमालयनको मूल्य ८ लाख ९८ हजार रुपैयाँ रहेको छ । यसमा ४११ सीसी क्षमताको इन्जिन रहेको छ । यसमा पनि डबल च्यानल एबीएस रहेको छ ।
साथै, कम्पनीले विक्री गर्ने सबैभन्दा महंगो मोडल इन्टरसेप्टर ६५० हो । यो मोटरसाइकलको मूल्य १२ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो मोटरसाइकलमा ६५० सीसी ट्वीन प्यारलल इन्जिन रहेको छ भने, डबल च्यानल एबीएस रहेको छ ।


