सार्वजनिक भयो हुन्डाईको क्रसओभर एसयूभी

काठमाडौं । यूरोपियन बजारलाई लक्षित गरेर हुन्डाईले तयार गरेको क्रसओभर एसयूभी बायोन सार्वजनिक भएको छ । कम्पनीले यूरोपमा आफ्नो बजार विस्तारको लागि बायोनलाई बजारमा उतारेको हो ।

झट्ट हेर्दा आई २० एक्टीभ जस्तै लागने क्रसओभर बायोनमा १.० लिटर टी-जीडीआई इन्जिन रहेको छ । यसले १२० पीएस पावर प्रदान गर्नेछ । उक्त इनिजनमा ६ स्पीड म्यानुअल र ७ स्पीड ड्यूल क्लच ट्रान्समिसन रहने छ ।

बायोन क्रसओभरलाई कम्पनीले ४ मटिरभन्दा लामो साइजमा ल्याएको छ भने यसमा २५८० एमएमको ह्वीलवेस दिइएको छ । स्पोर्टलाइन लुकमा आधारित बायोनमा वाइड ग्रिल, एलइडी डेटाइम रनिङ लाइट, १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ ।

एलईडी एम्बिएन्ट लाइट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, सेमी अटोनोमस ड्राइभिङ सिस्टम जस्ता फिचर यसमा पाउन सकिन्छ । कम्पनीले तत्काल एशियाली बजारमा यसको विक्री गर्ने कुनै योजना बनाएको छैन ।


Back_to_top