हाइवेमा दौडिरहेको कारमाथि अचानक जारायोको झुण्ड उफ्रिएपछि…

काठमाडौं । हाइवेको सुनसान बाटोमा गाडी चलाएर आफ्नो सुरुमा हिडिरहँदा जनावरको हुल एक्कासी बाटोमा प्रबेशगर्दा चालकको अवस्था के होला ? कल्पना गर्न पनि सकिदैन ।

यस्तै घटना भएको छ पोल्याण्डको एउटा जंगलमा । पोल्याण्डको एउटा जङगलको हाइवेमा दुईवटा कार आफ्नै गतिमा गुडिरहेका थिए । अगाडि थियो बीएमडब्लु ५ सिरीजको कार दुबै साइडमा रुखहरु भएको उक्त सुनसान बाटोमा अचानक दर्जनौ जारायोको हुल दौडदै बाटो काट्न आइपुग्छन् । एक दुईवटा जारायोे त कारलाई नै नागेर अगाडि बढ्छन् तर, एउटा जारायो भने कारको पछाडिको विण्ड स्कृनमा बजारिन्छ । उक्त घटना पछाडि गुडिरहेको अर्को कारको ड्यास क्यामरामा रेकर्ड भएकाले बाहिर आएको हो ।

यसरी जारायोको हुल सडकमा पसेपछि चालकले अचानक ब्रेक लगाउँछ र बाँकी १० भन्दा बढी जारायोहरु बाटो नकाटी जंगलमै फर्किन्छन् । घटनामा कुनै पनि जारायो घाइते वा मृत भने भएको देखिदैन । तर, जरायो उफ्रेर कारमा बजारिदा बीएमडब्लु ५ सिरीजको पछाडिको डिक्की भने नराम्रोसँग कुच्चीएको देखिन्छ ।

जंगलको बीचमा बनाइएका यस्ता हाइवेमा जंगली जनावरहरु आएर गाडीमा ठोकिने घटना धेरै हुने गरेको पाइन्छ । नेपालको पनि पश्चिम क्षेत्रमा रहेका हाइवेमा बाघ, चितुवा र जरायो जस्ता जंगली जनावरहरु गाडीमा ठोक्कीने गरेका घटना धेरै सुनिन्छ ।

केहि महिना अघि मात्र बर्दियाको जंगलमा माटरसाइकलको पछाडि सिटमा सवार एक महिलालाई बाघले आक्रमण गरेर ज्यानै लिएको थियो भने कारको ठक्करबाट चुतुवाको ज्यान गएको थियो ।


Back_to_top