काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यूको नयाँ भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको भेन्यूमा ‘एस प्लस’ भेरियन्ट थप गरेको हो ।
हुन्डाई भेन्यू एस प्लस निकै फिचरले भरीपूर्ण भेरियन्टको रुपमा नेपाल आएको छ । कम्पनीले भेन्यू एसमा १५ इन्चको डायमण्ड कट अलोय ह्वील, प्रजेक्सन फगल्याम्प, एलइडी डेडाइम रनिङ लाइटको र कर्नरिङ लाइट सहितको प्रोजेक्टर हेडल्याम्प, इलेक्ट्रीकल्ली एड्जस्टेवल र टर्न इन्डिकेटरको साथ फोल्डेवल आउटसाइट मिरर जस्ता फिचर यो भेरियन्टमा दिएको छ ।
यसका अलावा डाइनामिक गाइडलाइन सहितको रियर क्यामेरा, डिजिटल डिस्प्ले सहितको अटोमेटिक एसी, भ्वाइस रिकग्नेसन सहितको ८ इन्चको फ्लोटिङ डिस्प्ले, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, सार्कफिन एन्टेना, लेदर र्याप स्टेरिङ ह्वील, क्रिस्टल इफेक्टसहितको एलइडी टेलल्याम्प पाउन सकिन्छ ।
कम्पनीले ल्याएको नयाँ भेरियन्ट एस प्लसको मूल्य ४४ लाख ५६ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ । यसमा १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिन दिइएको छ । ११९७ सीसी क्षमताको उक्त इन्जिनले अधिकतम ८३ हर्स पावर र ११५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ ।

