काठमाडौं । टोयोटाले आफ्नो पहिलो फुल इलेक्ट्रीक क्रसओभर एसयूभी एक्स-प्रोलगको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले एक्स-प्रोलगको अगाडिको भागको तस्विर सार्वजनिक गरेको हो ।
इलेक्ट्रीक-टोयोटा न्यू ग्लोवल आर्किटेक्चर (इ-टीएनजीए) प्ल्याटफर्ममा तयार भएको पहिलो क्रसओभर एसयूभीको रुपमा कम्पनीले यसलाई बजारमा ल्याउने छ । कम्पनीले भोलि १७, मार्चमा यसको ग्लोवल प्रिमियर गर्ने तयारी गरिरहेको छ ।
टोयोटा एक्स-प्रोलग एउटा क्रसओभर एसयूभीको रुपमा बजारमा आउने छ । कम्पनीले आफ्नो पहिलो फुल इलेक्ट्रीक एसयूभीमा निकै फरक किसिमको यूनिक एलइडी डिआरएल दिएको तस्विरमा देख्न सकिन्छ । साथै, यसमा ३ पार्टस्को एलइडी हेडल्याम्प देखिएको छ ।
इलेक्ट्रीक एसयूभी भएकाले यसमा रेडियटर ग्रिलको प्रयोग हुने छैन । यद्यपी यो गाडीलाई कस्तो डिजाइनमा ल्याउने छ भन्ने विषय भोलिको ग्लोवल प्रिमियरपछि थाहा हुने छ ।
टोयोटाले इलेक्ट्रीक कार निर्माणमा केन्द्रित हुन इ-टिएनजीए प्ल्याटफर्म तयार गरेको छ । यसमा नयाँ रेञ्जका मिडसाइज एसयूभी, मिडसाइज क्रसओभर, ठूला क्रसओभर, कम्प्याक्ट क्रसओभर, मिड साइज सेडान र मिनि भ्यान निर्माण हुने टोयोटाले जनाएको छ ।
एक्स-प्रोलग क्रसओभरमा के कस्ता फिचर उपलब्ध हुने छन् र यसको रेञ्ज, मोटर तथा पावर कति हुने छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।


