काठमाडौं । टाटाको पहिलो इलेक्ट्रीक एसयूभीको भारतमा विक्री तिब्र गतिमा बढ्दै गएको छ । कम्पनीले जनवरी २०२० मा बजारमा ल्याएको यो एसयूभी अहिलेसम्म ४ हजार २१९ यूनिट विक्री भएको टाटाले जनाएको छ ।
नेक्सन इलेक्ट्रीकको विक्रीमा तिव्र वृद्धि भएको छ । कम्पनीले सन् २०२१ को तीन महिनामा मात्रै २ हजार यूनिट विक्री गरेको जनाएको छ ।
टाटा नेक्सन इलेक्ट्रीक भारतमा विभिन्न तीन भेरियन्टमा विक्री हुँदै आएको छ । कम्पनीले एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी भेरियन्ट विक्री गर्दै आएको छ । भारतमा यसको सुरुवाती मूल्य १३ लाख ९९ हजार भारु रहेको छ ।
एक वर्षअघि नै नेपाल आउने चर्चा भएको नेक्सन इलेक्ट्री एसयूभी सरकारले करमा गरेको वृद्धि र लकडाउनको कारण उत्पादन घट्दा नेपाल आउन सकेको थिएन । भारतमा बढ्दो विक्रीसँगै टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले यसलाई नेपाल ल्याउने तयारी सुरु गरेको छ । तर, कहिले र कुन मितिमा नेपाल आउने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


