काठमाडौं । टाटाको सफल मोडल नेक्सनको फेसलिफ्टमा मुख्य फिचरको रुपमा सनरुफ रहेको छ । सनरुफसहितको नेक्सन एक्सएमएस भेरियन्टको मूल्य ४३ लाख ५५ हजार रुपैयाँ रहेको छ । यसलाई किन्न चाहने ग्राहकले मासिक ३३ हजार रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।
टाटाको सफल सब फोर मिटर एसयूभी नेक्सनको फेसलिफ्ट सिप्रदी ट्रेडिङले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरुको हो । विभिन्न ७ भेरियन्टमा विक्री सुरु भएको नेक्सनको तीन भेरियन्टमा सनरुफ दिइएको छ । कम्पनीको सनरुफमा इन्ट्री भेरियन्ट एक्सएमएस हो भने एक्सजेड प्लस एस र एक्सजेडए प्लस एस भेरियन्ट मूल्य बढी रहेको सनरुफ सहितका भेरियन्ट हुन् ।
हामीले यहाँ एक्सएमएस भेरियन्टको मासिक किस्ताबारे जानकारी दिन गइरहेका छौं । यसलाई किन्न चाहने व्यक्तिले ५० प्रतिशत र संस्थाको हकमा ३० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । ५० प्रतिशत डाउन पेमेन्ट वापत ग्राहकले २१ लाख ७७ हजार ५०० रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ । त्यति नै रकम बैंकबाट कर्जा लिएर नेक्सन एक्सएमएस भेरियन्ट खरिद गर्न सकिन्छ ।
बैंक तथा वित्तीय संस्थाले अहिले ७ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराएका छन् । ७ वर्षको लागि कर्जा दिएर नेक्सन एक्सएमएस भेरियन्ट किन्दा महिनाको ३३ हजार रुपैयाँ बैंकलाई तिर्नु पर्ने हुन्छ ।

पावर र सुरक्षा फिचर
टाटा नेक्सनमा १.२ लिटर, थ्रि सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिइएको छ । बीएस ६ मापदण्डको उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा १२० पीएस पावर र १७५० देखि ४००० आरपीएममा १७० एनएम टर्क प्रदान गर्छ ।

सुरक्षाको हिसावले पनि टाटा नेक्सन भारतमा उत्पादन भएको ग्लोवल एनक्यापमा ५ स्टार रेटिङ पाउने पहिलो सब फोर मिटर एसयूभी हो । यसको स्टायडर्ड भेरियन्टमा २ एयरव्याग, अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि चक्कामा ड्रम ब्रेक पाउन सकिन्छ ।
एबीएस, इबीडी, ब्रेक एसिस्ट, सेन्ट्रल लक, पावर विन्डो, चाइल्ड सेफ्टी लक, प्यासेन्जर साइड रियर भ्यू मिरर, सिट बेल्ट वार्निङ, साइड इम्प्याक्ट बीम, फ्रन्ट इम्प्याक्ट बीम, ट्रायाक्सन कन्ट्रोल, एड्जस्टेवल सिट, क्र्यास सेन्सर, अटोमेटिक हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।
अन्य फिचर
नेक्सन एक्सएमएस भेरियन्टलाई ग्राहकमैत्री बनाउन कम्पनीले धेरै फिचर प्रदान गरेको छ । एसी, हिटर, इन्फोटेन्टमेन्ट सिस्टम, सिट हेडरेष्ट, कप होल्डर, किलेस इन्ट्री, लेन चेन्ज इन्डिकेटर, फ्ल्याट बटम पावर स्टेरिङ, ड्राइभिङ एक्सपेरियन्स कन्ट्रोल, ड्राइभ मोड, ड्यूल टोन ड्यासबोर्ड, ट्राइएरो थेममा इन्टेरियर, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता विशेषता पाउन सकिन्छ ।
यस्तो छ सबै भेरियन्टको मूल्य



